आज मितिः २०८३ बैशाख १० गते

धनगढीका वरिष्ठ वन अधिकृत ७ लाख भन्दा बढी घुससहित रंगेहात पक्राउ

काठमाडौं –

कैलालीस्थित डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सात लाख रुपैयाँभन्दा बढी घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

आयोगका अनुसार यादवले कैलाली जिल्लाको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट घाटगड्डी गरिएको काठसम्बन्धी बिमर्का ९बिवरणपत्र० र छोडपूर्जी दिने प्रक्रियामा सेवाग्राहीसँग घुस माग गरेका थिए । त्यसै उजुरीका आधारमा अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो ।

सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको छ, आयोगका सहसचिव एवम् प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनका अनुसार यादवलाई अख्तियारको टोलीले सोमबार डिभिजन वन कार्यालय धनगढीबाट नियन्त्रणमा लिएको हो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.