आज मितिः २०८३ बैशाख ८ गते

नागढुंगा(नौबिसे सडक दिउँसो साढे चार घण्टा बन्द हुने

काठमाडौं-

 

नागढुंगा–नौबिसे सडक खण्ड निर्माणका लागि यही जेठ १० गतेदेखि २५ गतेसम्म दिउँसो साढे ४ घण्टा बन्द गरिने भएको छ ।

 

यसअघि वैशाख २२ देखि ३१ गतेसम्म रातिको समयमा मात्र बन्द गरेर काम हुँदै आएकोमा अब दिउँसोमा समेत बन्द गरेर काम गर्न लागिएको हो ।

 

सडक निर्माण आयोजनाको प्रस्ताव अनुसार जेठ १० गतेदेखि २५ गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म नागढुंगा–नौबिसे सडक खण्ड बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

 

यसको विकल्पमा धार्के–सितापाइला तथा टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न स्थानीय प्रशासनले अनुरोध गरेको छ ।

 

नागढुंगादेखि नौबिसे सडक खण्डको मोड सुधार गरेर फराकिलो बनाउने र पिच गर्ने काम भइरहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.