आज मितिः २०८३ बैशाख ९ गते

गोरखा चितवन पत्रकार समाजद्धारा गोरखाको विभिन्न स्थानको भ्रमण, गोरखाको बिकासमा हातेमालो गर्ने प्रतिबद्धता

चितवन-

गोरखाको बिकास र प्रचार प्रसारका लागि गोरखा चितवन पत्रकार समाज गोरखाका स्थानीय तहरुसंग हातेमालो गर्ने प्रतिबद्धता जनाएको छ ।

गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै गोरखा चितवन पत्रकार समाजका उपाध्यक्ष एवं कार्यक्रम संयोजक शान्ता अधिकारीले गोरखाको बिकास र प्रचार प्रसार गर्न गोरखा चितवन पत्रकार समाज गोरखाको भ्रमणमा आएको बताउनु भयो ।

गोरखा नगरपालिकाले आयोजना गरेको अन्र्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले समाचारसंगै सम्बन्धको यात्रामा गोर्खा भ्रमणमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “हामी जन्मे हुर्केको ठाँउको हामीलाई छुट्ै माया छ । जन्म स्थानको मायाले डोराएर ल्याएको छ। हामी विभिन्न कारणले गर्दा जन्मेहुर्केको ठाउँ छोडेर छिमेकी जिल्ला जान परे पनि जन्मेहुर्केको ठाउँको मायाले हामीलाई कहिल्यै टाँडा राख्न सक्दैन् । यही मायाले गर्दा नै गोर्खा चितवन पत्रकार समाजको स्थापना गरेका हौ । गोर्खामा जन्मेर चितवनमा बसोवास गदै आएका हामीलाई आफ्नो जन्मभूमिको मायाले सधै झस्काईरहन्छ । ”

विश्व सामू गुर्खाको नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको बताउदै उहाँले सम्भावना नै सम्भावन बोकेका क्षेत्रहरु गोरखामा रहेको बताउनु भयो । यहाँको धार्मिक एवं पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गर्न सकियो भने मात्रै पनि धेरै आन्तरीक एवं वाह्य पर्यटकहरु तान्न सकिने बताउनु भयोे । समग्र गोरखाको प्रचार प्रसार आवश्यक रहेको भन्दै उहाँले सबै जना मिलेर आफ्नो गाउँ ठाउँको बिकासमा लाग्न आग्रह गर्नुभयो ।

बसाई सरेर चितवन गए पनि पछिल्लो समय बसाई सर्ने क्रम रोकीएको बताउनु भयो । यहाँ पनि शिक्षा, स्वास्थ्य, बाटाघाटाको राम्रो बिकास भन्दै उहाँले यही बिकासले गर्दा फर्कने क्रम पनि सुरु भएको बताउनु भयो । गोरखामा पर्यटन वर्ष चलिरहदा गोरखा चितवन पत्रकार समाजले गर्न सक्ने प्रचार प्रसारमा सक्दो सहयोग गर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहन बहादुर थापाले यो भेटघाटले पुनर्मिलन गराएको भन्दै खुसी व्यक्त गर्नु भयो । उहाँले गोरखाको बिकासका लागि जो जहाँ रहेर पनि गर्न सक्ने काममा सबै लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गोरखा नगरपालिकाका पर्यटन शाखा प्रमुख विजय प्रसाद तिवारीले धार्मिक एवं पर्यटकीय संम्भावना बोकेको गोरखाको प्रचार प्रसारमा लाग्न आग्रह गर्नु भयो । उहाँले गोरखा नगरपालिकाको आयोजनामा पर्यटन वर्ष २०२५ चलिरहेको भन्दै यो समयमा यहाँ पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्न सकेमा धेरै पर्यटक भित्राउन सकिने बताउनु भयो ।
कार्यक्रममा होटल व्यवसायी गोरखाका अध्यक्ष केशव कुबर, पर्यटन व्यवसायी संघ गोरखा अध्यक्ष लगाएतको सहभागितामा रहेको थियो । नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकालले समन्वय गर्नु भएको थियो । सहभागि सम्पूर्णलाई गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविन बाबु मरहठ्ठाले आभार प्रकट गदै गोरखाको प्रचार प्रसारमा गोरखा चितवन पत्रकार समाज सधै लाग्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रममा समाजका सल्लाहकार कृष्ण खनाल, सचिव सनद अधिकारी, सहसचिव रवि भट्ट, अजिता अधिकारी, राजु बाबु भट्ट, पवित्रा ढकाल, सविना लामिछाने सन्तोष बस्ताकोटी, दिपक पोख्रेल लगाएत बत्तिस जना पत्रकारहरुको सहभागिता रहेको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.