आज मितिः २०८३ बैशाख ९ गते

पुल भाँसिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

काठमाडौं-

 

पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा सवारी पास हुनेक्रममा गिरुवारी खोलाको पुल भासिएको छ। पुल भासिएपछि पूर्वपश्चिम राजमार्गमा रातभर यातायात अवरुद्ध भएको थियो। तर, बिहान भने डाइभर्सन प्रयोग गरेर यातायात सञ्चालनको तयारी गरिएको छ।

प्रहरी कार्यालय नवलपुका अनुसार खोलामा पानी कम भएकाले वैकल्पिक बाटो बनाएर साना सवारी साधन सञ्चालन गरिएको छ। तर, ठूला र धेरै लोड भएका गाडी भने बाटोमै रोकिएका छन्। यसअघि दुम्कीवासको फलामे पुल पनि भाँचिएको थियो।

यसैगरी बीपी राजमार्गको काभ्रेपलाञ्चोकमा पनि सडक अवरुद्ध भएको छ। वर्षाले डाइभर्सन बगाउँदा बीपी राजमार्ग अवरुद्ध भएको हो।

इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार रोशी गाउँपालिकाको वडा नम्बर ११ र १२ सीमानामा रहेको माम्ती खोला नजिकै डाइभर्सन बगाएको हो।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.