आज मितिः २०८३ बैशाख ५ गते

अब डाक्टरले पनि सडक आन्दोलन गर्ने

Uddar News

काठमाडौं-

नेपाल चिकित्सक संघले काठमाडौं केन्द्रित आन्दोलन घोषणा गरेको छ। देशभरका आवासीय चिकित्सकलाई संघले काठमाडौं आउन भनेको छ।

बुधबार संघका अध्यक्ष अनिल बिक्रम कार्कीले विज्ञप्ति जारी गर्दै देशभरका आवसीय चिकित्सकहरूलाई काठमाडौं केन्द्रित आन्दोलनमा आउन आग्रह गरेका हुन्।

भोलि बिहीबार जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न उनले उपत्यकाभित्रका सम्पूर्ण चिकित्सकलाई माइतीघरमा उपस्थित हुन आग्रह गरेका छन्। ुदेशभरका सम्पूर्ण चिकित्सकहरूलाई बिहीबार बिहान १० देखि १२ बजेसम्म सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्न र उपत्यका भित्रका सम्पूर्ण चिकित्सकहरुलाई माइतीघरमा उपस्थित भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गर्न आह्वान गर्दछौं,ु विज्ञप्तिमा भनिएको छ।

यस्तै, २४ घण्टाभित्र माग कार्यान्वयन नभए आकस्मिक बाहेकका सबै सेवा रोक्ने संघले चेतावनी दिएको छ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.