आज मितिः २०८३ बैशाख ५ गते

जनप्रतिनिधिका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नु पर्ने

Uddar News

काठमाडौं-

धादिङको थाक्रे गाउँपालिकाले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका पदाधिकारी, सामुदायिक विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको छ।

गाउँ कार्यपालिका कार्यालयले मंगलबार सूचना जारी गरेर उनीहरुले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य रूपमा भर्ना गरी पढाउनुपर्ने निर्णय गरेको हो।

ुगाउँ कार्यपालिकाको कार्यालयको मिति २०८२–०१–०७ गतेको १४०औं बैठकको निर्णयानुसार यस गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीहरू र सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले आफ्नो सन्ततिहरूलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा भर्ना गरी पढाउनु पर्ने निर्णय भएको हुँदा सोहीअनुसार गर्नु गराउनुहुन सम्बन्धित सबैमा जानकारीका लागि आदेश अनुसार अनुरोध छ, विद्यालयकी वरिष्ठ निरीक्षक दुर्गादेवी खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.