आज मितिः २०८३ बैशाख ५ गते

कक्षा १२ को परीक्षा हुन नदिन शिक्षक महासंघले गर्‍यो यस्तो निर्णय

काठमाडौं-

नेपाल शिक्षक महासंघको बैठकले कक्षा १२ को परीक्षाका कुनै पनि प्रक्रियामा सहभागी नहुन सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीलाई आग्रह गरेको छ।

यही वैशाख ११ गतेबाट सुरु हुने कक्षा १२ को परीक्षा केन्द्र परेका विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीले धम्की दिएर परीक्षाको प्रक्रियामा सामेल हुन दबाब दिएकोमा महासंघले विरोध जनाएको छ।

ुविगत २१ दिनदेखि काठमाडौंमा व्यापक सहभागितासहित चलिरहेको शैक्षिक सडक आन्दोलनलाई बल दिँदै विद्यालय, विद्यार्थी र शिक्षक –कर्मचारी मैत्री ऐन जारी गराउने महाअभियानलाई अघि बढाउन यो परीक्षाको प्रक्रियामा कुनै पनि हालतमा सहभागी नहुन हामी सबै प्रधानाध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीमा जोडदार आग्रह गर्दछौं,ु महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महासंघले कक्षा १२ को परीक्षाका सबै केन्द्राध्यक्षहरूलाई सडक आन्दोलनमा सहभागी हुन अनुरोध गरेको छ। सरकारले भने निजामति कर्मचारी खटाएर भए पनि कक्षा १२ को परीक्षा गराउने तयारी गरेको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.