चितवन
चैत्र ३० गते शनिवार सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्न्ट काठमाण्डौले भरतपुर महानगरपालिका वडा नं. २६ मा रहेको आधारभुत विद्यालय कोइलाहाका विद्यार्थी र विद्यालयलाई सहयोग गरेका छन् उक्त कार्यक्रममा प्रमुख अतिथि भरतपुर वडा नं. २६ का वडा अध्यक्ष ज्ञान प्रसाद खनाल रहनु भएको थियो ।
सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेज्मेन्टका ११० जना विए.आइ. एच. टी. एम/वि. ए. आइ. सि. ए. अध्यनरत विद्यार्थी संस्थापक प्रिन्सीपल निर्देशक शिक्षकहरुको सक्रियतामा आठ लाख बराबरको शैक्षिक सामाग्री ल्यापटप, प्रिन्टर, प्रोजेक्टर, पंङ्खा, खेल सामाग्री, झोला ,कापी ,कलम ,सरसफाइ आदी सामाग्री हरेक विद्यार्थी र विद्यालयलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक इश्वरी पराजुलीले सञ्चालन गर्नु भएको कार्यक्रममा सहयोगी संस्थाको तर्फबाट संस्थापक प्रिन्सिपल समिर थापा र विद्यालयको तर्फबाट प्रधानाध्यापक रामभक्त वाग्लेले आफ्ना मन्तब्य राख्नुभएको थियो । यस प्रकारको सहयोग कार्यक्रमबाट विद्यार्थी अभिभावक तथा शिक्षकहरु अत्यन्तै खुशी हुदै धन्यबाद समेत दिएका छन् ।