आज मितिः २०८३ बैशाख ६ गते

उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो बिमोचन 

भरतपुर

भरतपुररउज्यालो टाईम्स मिडिया एण् एड्भरटाइजिङ्ग प्रा।लि।को आयोजनामा नववर्ष २०८२ को शुभकामना आदानप्रदान सहित भित्तेपात्रो  बिमोचन कार्यक्रम सम्पन्न गरेको छ । उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुली प्रमुख अतिथि रहनुभएको थियो ।

प्रमुख अतिथि पराजुलीले नववर्षको शुभकामना सहित उज्यालो टाईम्स मिडियाले सामाजिक उत्तरदायित्व वहन गर्दै समाजमा नागरिकहरुलाई सूचनाको माध्यमबाट आफ्नो भूमिकालाई अगाडि बढाईरहेको र अझै सशक्त रुपमा अगाडि बढ्न समेत आग्रह गर्नुभयो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा चितवन च्याम्बर अफ कमर्शका अध्यक्ष गोपाल भट्टराई, होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट ९कृष्ण०, युरो मोटर्स प्रा।लि।का अध्यक्ष रुबिन रामुदामु, समाजसेवी एवम् सत्यवचन परम् ईश्वरीय मार्ग दर्शनका प्रमुख कृष्ण आलेले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा महिला उद्यमी पार्वती सुवेदी कुँबर, युवा व्यवसायी एवम् भुज्जु चुलोका सञ्चालक सन्तोष श्रेष्ठ, डायनमिक कस्न्ट्रसनका सञ्चालक युवराज क्षेत्री, स्नो ह्वाइट टुर्स एण्ड ट्राभल्सका सञ्चालक मञ्जिल शर्मा, नमस्ते मेरो मोवाइलका सञ्चालक सुरज पौडेल, चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघ, चितवनका सचिव बीर बहादुर राना मगर, उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का निर्देशक कपिल सागर कर्माचार्य, व्यवस्थापक राधा शर्मा, दिपाज इभेन्टकी प्रबन्ध निर्देशक दिपा पाठक लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।ले नववर्ष २०८२ को अवसरमा प्रकाशन गरेको भित्तेपात्रो ९क्यालेण्डर० को विमोचन समेत गरिएको थियो ।

उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का निर्देशक राज कुमार श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रमलाई उज्यालो टाईम्स मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रा।लि।का अध्यक्ष एवम् प्रधान सम्पादक राजु भट्टले धन्यवाद मन्तव्य सहित कार्यक्रमको समापन गर्नुभएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.