आज मितिः २०८३ बैशाख १० गते

विकू बचत रत्ननगरमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन

रत्ननगर, चैत २० ।

विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रत्ननगर स्थित पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा उद्घाटन गरिएको छ । गैंडाकोट नगरपालिका वडा नं ८ विजयचोकमा मुख्य कार्यालय रहेको सो सहकारीले शेयर सदस्यहरुमा सेवा थप गर्नेक्रममा पुजा सेवा केन्द्रमा एटीएम तथा ३६५ दिने सेवा सञ्चालनमा ल्याएको हो ।

रत्ननगर वडा नं १ बकुलहर स्थित सेवा केन्द्रमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले एटीएम तथा ३६५ दिने सेवाको उद्घाटन गरेका हुन् । सो अबसरमा उनले संस्था स्थापनाको लामो समय देखि सरकारीले शेयर सदस्यको हितमा काम गर्दैै नीति, विधि र प्रविधिलाई आत्मसाथ गरेको बताए । शेयर सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा प्रोत्सहान गर्ने गरी कर्जा लगानी गरिरहेको भन्दै उनले आर्थिक कारोबारसंगै गरिवी निवारण केन्द्रीत कार्यक्रम सञ्चालन भइरहेको बताए । उनले सुचना प्रविधिको विकाससंगै संस्थाले सेवालाई प्रविधिमैत्री बनाउदै लगेको बताए ।

संस्थाका उपाध्यक्ष कालिदास पौडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा लेखा सुपरीवेक्षण समितिका संयोजक कमल सुवेदी, केन्द्रीय उपसमिति सदस्य सदानन्द उपाध्याय, गोकुलप्रसाद भट्ट, स्वागत सेवा केन्द्र संयोजक रामचन्द्र दुवाडी, पुजा सेवा सेवा केन्द्रकी संयोजक संगिता शर्मा आचार्य लगायतले मन्तव्य राखेका थिए ।

२०४८ सालमा स्थापना भएको सो सहकारीमा १ लाख २३ हजार, ६८७ जना शेयर सदस्यहरु रहेको नारायणी क्षेत्रीय प्रमुख सुरज लौडारीले जानकारी दिए । विकू बचत र पुजा बचत बीच २०७८ साल पौष १ गते समायोजन भइ रत्ननगरमा पुजा सेवा केन्द्रका रुपमा सञ्चालनमा रहेको छ । सो सहकारीले हाल सम्म २५ वटा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने केन्द्रीय कार्यालय सहित अन्य आठ वटा सेवा केन्द्रमा एटीएम सेवा सञ्चालनमा ल्याएको क्षेत्रीय प्रमुख लौडारीले जानकारी दिए ।

८ अर्ब ७ करोड ३४ लाख ८४ हजार बचत संकलन गरेको सो सहकारीले ६ अर्ब ९४ करोड ५५ लाख ७१ हजार ऋण लगानी गरेको छ भने तरलता रकम २ अर्ब ७८ करोड १६ लाख ३२ हजार तथा कुल सम्पत्ती १० अर्ब ३४ करोड २६ लाख २१ हजार रहेको छ । ८५ करोड ४७ लाख ४१ हजार शेयर पूजिँ रहेको सो सहकारीको साधारण जगेडा कोषमा ७५ करोड १० लाख, ९७ हजार, विभिन्न कोषहरुमा ६ करोड ९८ लाख ४८ हजार, कुल संस्थागत पूजिँ ८६ करोड ९० लाख ८९ हजार रहेको छ । विभिन्न शीर्षकमा ८ हजार ८८ जनालाई ऋण लगानी गरेको सो सहकारीको ३४ दशमलब ४५ तरलता प्रतिशत रहेको छ ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.