काठमाडौं –
रमादानको अवसरमा यूएई र कतारमा नेपाली कैदीलाई माफी दिईएको छ ।
संयुक्त अरब इमिरेट्स ९यूएई०ले १६६ नेपाली कैदी र कतारमा ८ जनालाई माफी दिएको हो ।
रमादानको अवसरमा यस्तो माफी दिइएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
मन्त्रालयले दुई देशको सम्बन्धलाई झल्काउने खालका माफीका कार्यक्रमलाई उच्च सम्मान गर्ने बताएको छ ।
मन्त्रालयले आवुधाबीमा रहेको नेपाली दूतावासको आग्रह अनुसार यूएईले माफी दिइएको भन्दै धन्यवाद दिएको छ ।