आज मितिः २०८३ बैशाख ६ गते

दुई दिनमा ३४ सय रूपैयाँ घट्यो सुनको भाउ

काठमाण्डौं-

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदी प्रतितोला एक हजार आठ सय ६० रूपैयाँमा कारोबार भएको थियो।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.