आज मितिः २०८३ बैशाख ६ गते

धादिङको गल्छीमा बस दुर्घटना, ८ जना घाइते

काठमाण्डौं-

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छीमा बस दुर्घटना भएको छ। शनिबार साँझ पौने ६ बजे बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका(६ सुत्केरी ढुंगामा दुर्घटना भएको हो।

दुर्घटनामा परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त सूचना अधिकारी इन्स्पेक्टर प्रल्हाद सिलवालले जानकारी दिए।

घाइतेहरूमा कपिलवस्तुको शिवराज नगरपालिका(३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगंगा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका(१ का ४२ वर्षीय चित्र बहादुर पाण्डे छन्।

त्यस्तै काभ्रेको बनेपा नगरालिका(७ का ३१ वर्षीय सुकराम कार्की र ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-

१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका( १ का ४२ वर्षीय राजनकुमार दास छन्।

 

उनीहरू सबैलाई बैरेनी अस्पताला प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल रेफर गरिएको इन्स्पेक्टर सिलवालले जानकारी दिए।

२४ जना सवार बस आफै अनियन्त्रित भएर सडकको छेउमा रहेको डिभाइडरमा ठोक्किएको थियो। बसचालक रूपन्देहीको सैनामैना नगरपालिका(९ का ३० वर्षीय भूपेन्द्र चापागाइँ प्रहरीको नियन्त्रणमा छन्।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.