आज मितिः २०८३ बैशाख ११ गते

देशको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना

काठमाडौं-

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ ।

यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उनले भने।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.