आज मितिः २०८३ बैशाख ११ गते

लक्की साँगीतिक साँझ २०८१ कात्तिक १७ गते

चितवन

मोफसल कै चर्चित लक्की मिडिया हाउस चितवनले लक्की साँगीतिक साँझ २०८१ गर्ने भएको छ । ‘मौलिक लोक संस्कृतिको पहिचान, सष्टालाई प्रोत्साहान र सम्मान’ भन्ने मुल नाराका साथ शुभदीपावलीको अवसर पारेर उक्त कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा चर्चित गायिका लोक दोहोरी क्षेत्रकी सुमधुर स्वरकी धनी बरिष्ठ लोक तथा दोहोरी गायिका शिला आले, लोक तथा दोहारी गायक नेत्र जी पन्त , लोक तथा दोहोरी गायिका सरिता श्रेष्ठ गुरुङ, गायिका सम्झना श्रेष्ठ लगायत चर्चित गायकरगायिकाहरुको साथमा कार्यक्रम गरिने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीुले जानकारी दिनुभयो ।

नेपाली गीत संगीतको संरक्षण र जगेर्ना गर्ने उद्धेश्य सहित हरेक बर्ष लक्की साँगीतिक साँझ गरिदैं आएको उहांँले बताउनुु भयो । कार्यक्रमको तयारी तीब्र गरिएको र कात्तिक १७ गते, शनिबार सांँझ ६ बजेदेखि भरतपुर-९ स्थित डल्फिन फनपार्क एण्ड रिर्साट गरिने महाप्रन्धक कार्कीले जानकारी दिनुभयो ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.