आज मितिः २०८३ बैशाख ८ गते

भैंसीको आक्रमणबाट बाघको मृत्यु

मकवानपुर-

मकवानपुरमा भैंसीको आक्रमणबाट बाघ मरेको छ। बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैंसी भने घाइते भेटिएको छ। भैंसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ।

राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले  मृत बाघ चितवन लिएर गएको छ।

बाघ बुढो, असाध्यै दुब्लो र कमजोर भएकाले आक्रमण गर्न खोज्दा भैंसीले नै उसलाई हानेर मारिदिएको अनुमान छ। निकुञ्जका कर्मचारीका अनुसार जंगलमा सिकार गर्न नसक्ने अवस्थामा पुगेपछि बाघ बस्तीतिर छिरेको हुन सक्छ।

 

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.