काठमाडौं-
जल तथा मौसम विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा ६ घन्टामा ९०।२ मिलिमिटर वर्षा भएको छ।
भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ।
अहिले काठमाडौं लगायत देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित बारा, पर्सा, कैलाली, कञ्चनपुर, नुवाकोट, पाल्पा, पर्वत, अछाम र कञ्चनपुरमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
बारा, पर्सा, स्याङ्जा, पर्वतमा चौबीस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
काठमाडौंको बागमती नदी गौरीघाट जल मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको छ।
पानी बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा रहने र बागमती कोरिडोर भई यात्रा गर्नेहरुले उच्च सतर्कता अपनाउनुपर्ने भएको छ।