हुम्ला-
सुर्खेतबाट नेपालगन्ज जाँदै गर्दा गाडी दुर्घटनामा परी हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको मृत्यु भएको छ।
सोमबार सुर्खेतबाट नेपालगन्ज जाँदै गरेको कर्णाली प्रदेशको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर-५ को एमाले मोडमा दुर्घटना हुँदा कार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
कार्कीलाई दुर्घटना लगत्तै उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भेरी अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा करिब राति दुई बजे निधन भएको प्रहरीको भनाइ छ।
उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकामा गत निर्वाचनमा उपाध्यक्ष निर्वाचत भएका थिए।