अमेरिका – आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा हुने भनिएको टि २० वोर्ल्ड कपको २३ औ खेल वर्षाको कारण रद्ध हुन पुग्दा नेपाल र श्रीलंकाले १-१ अंक बाडेको हो ।

बिहानै देखि भएको वर्षा बेलुकी ७:४५ मा रोकिएता पनि ८:15 बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको मुख्य पिच छोपीए पनि आउटफिल्डमा पानी जमेको कारण खेल हुन सकेन । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा आइपुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको थियो ।अबको समूह चरणको बाकि खेल नेपालले अफ्रीका बिरुद्ध असार १ गते बिहान ५:१५ र असार ३ गते बिहान ५:१५ मा बंगलादेश बिरुद्ध खेल्नेछ । दुवै खेल जिते नेपाल सुपर ८ मा जान सक्ने सम्भावना रहनेछ ।
भिडियो हेर्नुहोश –