आज मितिः २०८३ बैशाख १० गते

फागुन १ गते सार्वजनिक बिदा नहुने

काठमाडौं-

गृह मन्त्रालयले फागुन १ गते सार्वजनिक बिदा नरहने जनाएको छ। मन्त्रालयले सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार वार्षिक बिदा सूचीमा रहेको फागुन १ को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो।

मन्त्रालयले निकालेको सूचनामा सर्वोच्च अदालतको फैसलाका कारण भोलिको बिदालाई मन्त्रिपरिषद् बैठकले हटाएको जनाएको हो ।
यसअघि गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरेर फागुन १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो। तर सशस्त्र युद्धको सम्झनामा बिदा दिएको भन्दै धेरैले विरोध गरेपछि परेको मुद्दामा सर्वोच्चले उक्त दिनको बिदा खारेज गर्न परमादेश दिएको थियो।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.