आज मितिः २०८३ बैशाख ९ गते

चितवनको सौराहामा १८औं फुड फेष्टिबल सुरु

चितवन –

चितवनको पर्यटकीय नगरी सौराहामा आइतबारदेखि प्रणय दिबस लक्षित १८औं सौराहा फूड फेस्टिबल सुरु भएकाे छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) सौराहा चितवनको आयोजना गरेकाे साे फेस्टिवलकाे प्रतिनिधि सभाका सांसद हरि ढकालले उद्घाटन गरेका छन् ।

 

साे अबसरमा उनले साैराहाकाे पर्यटन विकासमा सरकारले ध्यान नदिएकाे बताएका छन् । सांसद ढकालले साैराहाकाे पर्यटनलाई उद्योगकाे मान्यता र पर्यटन बाेर्डकाे कार्यालय स्थापनाका लागि आफूले एक बर्षदेखि प्रयास गरिरहेकाे बताए । उनले राज्य साैराहाप्रति जिम्मेवार नभएकाे बताए । कार्यक्रमान बागमती प्रदेशका पूर्वमन्त्री तथा सांसद कृष्णप्रसाद खनालले निकुञ्ज ऐन लामाे समय देखि परिमार्जन हुन नसक्दा निकुञ्ज र मानिस बीच अविश्वासकाे खाडल बढ्दै गएकाे बताए ।

रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकाेटाले मुलुककाे तेस्राे पर्यटकीय नगरी साैराहा निकुञ्ज ऐनकाे चपेटामा परेकाे बताए । रेवानका केन्द्रीय उपाध्यक्ष संघर्ष विष्टले रेष्टुरेण्ट व्यवसायलाई पनि उद्योगकाे मान्यता दिन सरकारसंग माग गरे । क्षेत्रीय हाेटल संघ साैराहाका अध्यक्ष गंगा गिरीले साैराहाकाे पर्यटन पुरानै अबस्थामा फर्किने क्रममा रहेकाे भन्दै चालू आबमा मात्र २ लाख २५ हजार पर्यटन चितवन भित्रिएकाे जानकारी दिए ।

उद्घाटन कार्यक्रममा फेस्टिवलका कार्यक्रम संयाेजक सुर्यबहादुर रिमालले स्वागत मन्तब्य राख्दै फेस्टिबलकाे उद्देश्यका वारेका थिए । बसबार्क जाने सडकको दक्षिण तर्फको खाली जमिनमा सुरु भएकाे फेस्टिबल फागुन तीन गते सम्म चल्ने रेवान साैराहाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

सौराहा सहित चितवनको पर्यटन विकासको लागि प्रणय दिबसको अबसर पारेर फेस्टिबल आयोजना गरिएकाे गिरीले बताए । खाना, संगित र संस्कृतिलाई संगसंगै अगाडि बढाएर फेस्टिवललाई विशेष बनाइएको छ । सौराहाको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने गरि फेस्टिवलका गतिविधिलाई अगाडि बढाइएको छ । समग्र सौराहाको पर्यटन विकास गर्ने, विभिन्न जातजातीका परम्परागत तथा स्थानीय, स्वदेशी, विदेशी खानाको प्रवर्द्धन गर्ने, स्थानीय कलासँस्कृति, भेषभुषाको जगेर्ना गर्दै पर्यटकीय गन्तव्यको रुपमा सौराहालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान गराउने, उज्यालो सौराहालाई निरन्तरता दिइने, प्रवेश टिकटबाट भएको आम्दानीले सौराहा पर्यटन मार्ग सौन्दर्यकरण गर्ने उद्देश्यले फेस्टिबल आयोजना गरिएको रेवानका महासचिव नविन नेपालले जानकारी दिए ।

फेस्टिबलमा विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकार तथा दि एक्सीस ब्याण्डको साँगीतिक प्रस्तुती, स्थानीय जनजातीका खाना प्रदर्शनी तथा प्रतियोगिता, वेटर तथा वेटरेस बीच प्रतियोगिता, प्रणय दिवस विशेष कार्यक्रम, तान डोरी प्रतियोगिता, रेवान कप पालिका स्तरीय भलिवल प्रतियोगिता, अन्तर विद्यालय नृत्य प्रतियोगिता, सिन्धुलीको लोभलाग्दो कर्ने मगर बाजाको प्रस्तुती रहेकाेे छ । दैनिक पाँच हजार पर्यटकले अबलोकन गर्ने उक्त फेस्टिबलमा ६० लाख अनुमानित खर्च हुने तथा तीन करोडको कारोबर हुने अनुमान गरिएको आर्थिक व्यवस्थापन समितिका संयाेजक रामकुमार गुराैले जानकारी दिए । फेस्टिबललाई भब्य बनाउन पर्यटकीय नगरी सौराहालाई सिंगारिएको छ ।

रत्ननगर नगरपालिका संरक्षक रहेको सो फेस्टिबलको सहआयोजकमा रेवान महिला समूह, क्षेत्रीय होटल संघ नेपाल, चितवन, युनाईटेड हात्ती सञ्चालन सहकारी संस्था रहेका छन् । फेस्टिवलमा ५० वटा खानाका स्टलहरु रहने छन् । फेस्टिबल उद्घाटन पूर्व विहान साैराहामा भब्य शाेभायात्रा निकालिएकाे थियाे ।

रेवानका अध्यक्ष ध्रुव गिरीकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, रेवानका संस्थापक अध्यक्ष बलराम दाहाल, रेवान महिला समुहकी अध्यक्ष लक्ष्मी विडारी लगायतले मन्तब्य राखेका थिए ।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.