आज मितिः २०८३ बैशाख १० गते

देशका केही पालिकाहरुमा आज सार्वजनिक बिदा

काठमाडौ-
माओवादी नेतृत्वमा रहेका केही पालिकाहरूले फागुन १ मा सार्वजनिक बिदा दिने निर्णय गरेका छन्।

आज फागुन १ गते तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह थालनी गरेको दिनको सम्झनामा रुकुम पूर्व र पश्चिमका ७ वटा स्थानीय तहले सार्वजनिक दिएका छन्। नेकप माओवादी केन्द्रको नेतृत्वमा रहेका पालिकाहरूमा बिदा दिइएको हो।

रुकुम पूर्वका पुथा उत्तरगंगा, भुमे र सिस्ने गाउँपालिका तथा पश्चिमका चौरजहारी र आठविसकोट नगरपालिका एवं सानीभेरी र त्रिवेणी गाउँपालिकाले सूचना जारी गरेर बिदा दिएका हुन्। यी स्थानीय तहले बिदामात्रै नभएर आज विभिन्न कार्यक्रम समेत गरेर ुजनयुद्ध दिवस’मनाउने भएका छन्।

देशका अन्य पालिकाहरुले पनि आज सार्वजनिक बिदा दिएका छन्। कालिकोटका रास्कोट, खाँडाचक्र, महाबै, पचालझरना र पलाता, गोरखाका बारपाक, सुलिकोट, अजिरकोट र गण्डकी, दाङको बंगलाचुली, सल्यानको दार्मा, रोल्पाको माडी, रोल्पा, काभ्रेको चौंरी देउराली, खोटाङको खोटेहाङ, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी र लिसंखु पाखरले पनि आज सार्वजनिक बिदा दिएका छन्।

सर्वोच्च अदालतले जनयुद्ध दिवसको बिदा खारेज गरेपछि संघीय सरकारले भने सार्वजनिक बिदा दिएको छैन। गृह मन्त्रालयले हिजो नै आज बिदा नरहेको सूचना जारी गरेको थियो।

गत वर्ष संघीय सरकारले माओवादी सशस्त्र विद्रोह सुरु भएको दिनको सम्झना स्वरुप फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट समेत परेको थियो।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.