आज मितिः २०८३ बैशाख ८ गते

वाणिज्य बैंकहरूले ब्याजदर घटाए

काठमाडौं –

वाणिज्य बैंकहरूले माघ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । बैंकहरूको औसतमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर माघ महिनाका लागि ८.१७ प्रतिशत भएको छ । पुस महिनामा ८.९९ प्रतिशत थियो ।

 

सबैभन्दा बढी ब्याज दिनेमा नेपाल बैंकर्स संघका अधयक्षसमेत रहेका सुनिल केसी सीईओ भएको बैंक एनएमबी रहेको छ । एनएमबी बैंकले सबैभन्दा धेरै ९ प्रतिशतसम्म ब्याज दिने भएको हो । एनएमबीले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको हो । सरकारी स्वामित्वको कृषि विकास बैंकले भने सबैभन्दा कम ८.९६ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

एभरेष्ट बैंकले पनि पुस महिनाकै ब्याजदर यथावत राखेको छ । पछिल्लो समय हरेक महिना जसो ब्याजदर घटिरहेको छ । बैकहरुमा अधिक तरलता र कम लगानी हुँदा निक्षेप व्यवस्थापनमा गाह्रो परेको छ ।

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.