आज मितिः २०८३ बैशाख ८ गते

ठगी गरेको आरोपमा मेनपावर सञ्चालक पक्राउ

 

काठमाडौं-

वैदेशिक रोजगारीका लागि युरोप पठाइदिने प्रलोभन देखाएर १९ लाख ६० हजार ठगी गरेको आरोपमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।

 

मार्स मेनपावरका सञ्चालक काभ्रेको पनौती नगरपालिका–१ का ४१ वर्षीय जयराम पौडेल रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

 

उनका अनुसार पक्राउ परेका पौडेलले पदमकुमारी श्रेष्ठसहित दुई जनालाई वैदेशिक रोजगारीको लागि युरोप पठाइदिने र त्यसको लागि २० लाख लाग्ने प्रलोभन देखाएका थिए। पक्राउ परेका पौडेलले युरोप पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाई तीन लाख भन्दा धेरै तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक–पटक गरी जम्मा १९ लाख ६० हजार ठगी गरेको जनाइएको छ।

 

पौडेललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताए।

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.