रवि भट्ट/ बर दुबई
चितवन समाज युएईले अँग्रेजी नयाँ बर्ष र टोपि दिवशको अवसर पारेर यहाँ रहेका चितवनेहरुसंग भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । समाजले यो बर्ष २०२३ को अन्तीम दिन अर्थात डिसेम्बर ३१ का दिन दुबईको मश्रिफ पार्कमा कार्यक्रम सम्पन्न गरेको हो ।
अँग्रेजी नयाँ बर्ष सन् २०२४ लाई स्वागत र २०२३ लाई विदाई गर्दै रोजगारी तथा विभिन्न पेशा, व्यवसायमा आबद्ध दुबईमा रहनुभएका चितवनेहरुलाई पारीवारीक माहोलमा रमाउने, भेटघाट र बनभोजको तयारी गरिएको थियो ।

समाजका अध्यक्ष विजय अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि नेपाली समाज युएईका राम मोक्तानले चितवन समाज युएईले गरेको सामाजिक कार्यको उच्च प्रसंसा गर्नु भयो । कार्यक्रममा अध्यक्ष अधिकारीले हरेक बर्ष बनभोज र भेटघाट कार्यक्रम गर्दै आएको र चितवनवासीहरुको उल्लेख्य उपस्थिति हुनु भएकोमा धन्यवाद र आभार प्रकट गर्नु भयो ।

केहि औपचारिक कार्यक्रममा विभिन्न समयमा सामाजिक कार्यमा योगदान दिनु भएका नवराज पाण्डे, आशिष पुरुष र रमेश ढकाललाई दोसल्लाले सम्मान गरिएको थियो ।
समाजका महासचिव राम भट्टराईले संञ्चालन गर्नु भएको कार्यक्रममा नवराज ढकाल, आशिष पुरुष, सम्पत कुमार, रवि भट्ट, नारायण ढकाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

संस्थाले ४ जना नयाँ सदस्य पनि चयन गरेको छ । कौशिला पाण्डे, दीपा सुबेदी, शोभा कडरीया र भुमिराज कडेंललाई नयाँ सदस्यमा चयन गरेको हो ।

कार्यक्रममा उपस्थितिको लागि तयार गरिएको नामावली कुपनबाट गोलाप्रथा गर्दै तीन जनालाई पुरस्कार पनि वितरण गरिएको थियो ।