आज मितिः २०८३ बैशाख ८ गते

दुबईबाट सन्दीपले भने नेपाल फर्केर तलाई बाकि राख्ने छैन

दुबई-

फोनमा उ चिच्याई रहेको थियो म नेपाल मात्र फर्किउ तलाई नेपालको जुन कुनामा भए पनि मार्दिन्छु । यो आवाज थियो बर्दघाट नवलपरासीका सन्दीप भण्डारीको ।

वर्किङमा जान समय लाग्छ तयसैले २ लाख ५० हजारमा भिजिट भिषामा जान भने सन्दीपलाई नेपालबाट पठाउने एक व्यक्तिले । दुबई गएर खाएर बसेर करीब ५० हजार कमाउने आश्वासन दिएका उनको एजेण्ट थिए बुटवल ड्राइभरटोलका मित्र गिरी । गिरीले पाँचतारे होटलमा हाउस किपिङको काम भनेर दुबई उडाए भण्डारीलाई ।

एअरपोर्टमा मानछे लिन आउँछ भने तर कोहि उनलाई लिन आएन । नेपालमा सम्पर्क गरेर एक नम्बर दिए गिरीले तर तर गिरीलाई आफूले नचिन्ने बताए । बरदुबई आउ यहि सल्लाह गरौला भनेर ती व्यक्तिले फोन राखि दिए । भण्डारी ट्याक्सि लिएर बर दुबई गए । ती नेपालीलाई भेटे गिरीलाई चिन्दिन पख काम गर्ने भए एक जना बोलाई दिन्छु भनेर अर्काे व्यक्तिको जिम्मा लगाई दिए उनले ।
भण्डारी उसको पछि लाग्दै गए । १ महिना वित्यो अब भिषा एक महिना मात्र बाँकि छ । यो समयमा ईण्टरभ्यू भन्दै निकै कुदाए उनलाई यता खान बस्नको पैसा पनि बढ्दै गयो । काम लाइ दिनेलाई एक हजार दिराम बुझाए उनले । एक तरकारी तथा फलफुल पसलमा काम भेटाए तर भिषा थप्न उनलाई ती पसल मालिकले भने तर भिषा थप्न उनले एजेण्टलाई भने तर हुन्छ भनेर थपि दिएन । काम गरेको नौ दिन पछि भिषा नलागेको भनेर उनलाई नौ दिनको तलव दिएन र कामबाट निकालि दियो ।

यता काम छैन, भिषा छैन, खान बस्नको रकम तिरेको छैन उनि अतालिदै कहिले घरमा त कहिले गिरीलाई कल गर्दै थर्काउथे उनि ।केहि उपाय नभए पछि उनले घरबाट १७ सय दिराम मगाए र खान बसेका ठाउँमा रकम बुझाए । बाँकी रकमले उनि नेपाल फर्किए ।

नेपाल गएर गिरीलाई भेट्न गएका उनि गिरी माल्दिप्स गई सकेको बताए । उनले नेपाल गएर उद्धार न्यूजलाई भने, नेपालीले नै नेपालीलाई ठगेर म जस्ता हजारौं युवा दुबईमा विचल्लिमा छन् । त्यसैले भिजिटमा गएर काम लगाई दिन्छु भन्नेहरुको पछाडि नलाग्न र पहिल्यै शतर्क हुनु जरुरी हुन्छ उनले भने ।

 

 

 

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.