आज मितिः २०८३ असार ४ गते

अर्थ तथा शेयर बजार

आजदेखि अण्डाको मूल्य बढ्यो

आजदेखि अण्डाको मूल्य बढ्यो

चितवन- आजदेखि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । संघको हिजो बसेको बैठकले आजदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो । बैठकले देशभर अण्डाको एउटै मूल्य लागु गर्नका लागि चितवनलाई आधार मानेको छ ।   संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ पर्नेछ । त्यस्तै, ठूलो अण्डा प्रतिक्रेट ५१० र सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।    
Read More
फेरी निगमले बढायो पेट्रोलीयम पदार्थको मूल्य

फेरी निगमले बढायो पेट्रोलीयम पदार्थको मूल्य

काठमाडौं- नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य फेरी बढाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको हो ।   निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ । मूल्य बढेसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६४।५० रुपैयाँ र डिजेलको मूल्य १५४.५० रुपैयाँ कायम भएको छ ।      
Read More
अब गाँजा खेतीको नियमावलि बन्ने

अब गाँजा खेतीको नियमावलि बन्ने

काठमाडौं- गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरणका लागि नियमावलि बन्ने भएको छ । यस विषयलाई वैधानिकता दिन कानुनी वातावरण मिलाउने सम्बन्धमा समितिले बोलाएको छलफलमा गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीबारे अध्ययन गर्न, औषधिजन्य प्रयोजनका लागि गाँजा खुला गर्ने गरी एक महिनाभित्र नियमावली बनाउने बताए । यसको आवश्यकताका लागि छलफल पर्याप्त भइसकेको भन्दै उनले गाँजा खेती अध्ययनमा पदभार ग्रहण गरेदेखि नै चासो दिएको बताए ।   छलफलमा सरकारको तर्फबाट मात्रै होइन प्रतिनिधि सभा सदस्य र नेपाल सरकार सचिवहरूले पनि गाँजाको औषधिजन्य उत्पादन र औद्योगिक प्रयोजनको लागि कानुन बनाएर खेती गर्नुपर्नेमा साझा धारण देखाए । अर्थमन्त्री वर्षमान पुनले…
Read More
सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

सुनको मूल्य बढ्यो, तोलाको १ लाख ४४ हजार

काठमाडौं- सुनको मूल्यले हिजो बुधबारको तुलनामा आज सुन तोलामा १८ सय रुपैयाँ भाउ बढेको छ। बुधबार प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ४४ हजार रुपैयाँ पुगेको छ। यसअघि मंगलबार हालसम्मकै उच्च तोलाको १ लाख ४२ हजार ७ सय रुपैयाँ पुगेको थियो। बजेटमार्फत भन्सार दर ५ प्रतिशत विन्दु बढेपछि अन्तर्राष्ट्रिय भन्दा उच्च दरले सुन महँगिएको हो।  
Read More
डेढ अर्ब हिनामिना गर्ने प्राइम सहकारीका आठ जना पक्राउ

डेढ अर्ब हिनामिना गर्ने प्राइम सहकारीका आठ जना पक्राउ

कास्की- पोखरा महानगरपालिका(४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब हिनामिना गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको रु एक अर्ब ५४ करोड १५ लाख आठ हजार एक सय ४२ अपचलन गरेका छन्। सहकारीका सञ्चालक समितिका पदाधिकारी समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको उजुरीपछि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुलाई अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए। पक्राउ पर्नेमा सहकारीका अध्यक्ष पोखरा-१४ चाउथेका ४३ वर्षीय शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा-४ गैहपाटनका ६६ वर्षीय निदेशप्रसाद कोइराला, सहकारीका…
Read More
तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरू हुँदै

तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा शुरू हुँदै

काठमाडौं- तेस्रो लगानी सम्मेलन आजदेखि सुरु हुँदैछ। बिहान सम्मेलनको उद्घाटन हुने लगानी बोर्डले जनाएको छ। सम्मेलनमा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ। लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन्। सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।   त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स ९युएई० का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन्। दक्षिण कोरिया, अस्ट्रेलिया…
Read More
दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

चैत ३, शनिबार काठमाण्डौ – सुन तस्करीको अभियोगमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो । गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेको उल्लेख छ । सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ । गितेन्द्रबाबु ९जीबी० राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको…
Read More
ललितपुरको लालीगुराँस सहकारी समस्याग्रस्त घोषण

ललितपुरको लालीगुराँस सहकारी समस्याग्रस्त घोषण

ललितपुर- ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड समस्याग्रस्त घोषणा भएको छ। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले हिजो मंगलवार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो। सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यो सहकारीले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारवाही हुँदा सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा १ को देहाय खण्ड क देखि च सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव सहितको सिफारिसमा सोही ऐनको दफा १०४ को उपदफा २ बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। समस्यग्रस्त घोषणा गरिएको यो…
Read More
बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल

बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा भट्टराई, महासचिवमा नेपाल

चितवन- नेपाल बजार बिक्री प्रतिनिधि संघको अध्यक्षमा पदमप्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन् । रत्ननगरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनले भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशन अन्तर्गत बरिष्ठ उपाध्यक्ष, महसचिव र दुई वटा सचिव पदमा मात्र निर्वाचन भएको थियो । बरिष्ठ उपाध्यक्षमा प्रदिप घिताल २३७ मत प्राप्त गरि विजयी भएका छन् । सातप्रदेशको उपाध्यक्ष निर्विरोध निर्वाचित हुँदा महासचिवमा भने रमेश नेपाल १८५ मत प्राप्त गरि विजयी भएका छन् । कोशी प्रदेश उपाध्यक्षमा तीर्थराज पोखरेल, मधेश प्रदेश उपाध्यक्षमा सन्तोष मल्ल ठकुरी, बागमती प्रदेश उपाध्यक्षमा नेत्रप्रसाद पौडेल, गण्डकी प्रदेश उपाध्यक्षमा गोपाल सापकोटा, लुम्विनी प्रदेश उपाध्यक्षमा बाबुराम भूषाल, सुदुरपश्चिम उपाध्यक्षमा गणेशप्रसाद…
Read More
अष्ट्रेलियासँग नेपालको व्यापार तथा लगानी सम्झौता

अष्ट्रेलियासँग नेपालको व्यापार तथा लगानी सम्झौता

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता गरेका छन् । परराष्ट्रमन्त्री साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उनको सचिवालयले जनाएको छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्झौतामा हस्ताक्षर गरेका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । ‘अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ’,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.