आज मितिः २०८३ आश्विन ३ गते

स्वास्थ्य – खेलकुद

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

आज अन्तर्राष्ट्रिय योग दिवस, विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौं- अन्तर्राष्ट्रिय योग दिवस नेपालमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ। संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो। नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७…
Read More
सीमा नाकामा कोरोनाको जोखिम, ‘हेल्थ डेस्क’ को व्यवस्था

सीमा नाकामा कोरोनाको जोखिम, ‘हेल्थ डेस्क’ को व्यवस्था

कञ्चनपुर- भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–)९० को जोखिम कायमै रहेको छ। पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरको आइसुलेसनमा राखेर उपचार भइरहेको छ। सीमानाकामा रहेको हेल्थडेस्कमा एन्टिजेन परीक्षण गर्दा नतिजा ‘पोजेटिभ’ आएको थियो। “भारतबाट फर्केका बिरामीमा उच्च ज्वरो, श्वासप्रश्वास र रुघाखोकीको समस्या थियो,” सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले भने, “एन्टिजेन परीक्षण गर्दा नतिजा पोजेटिभ आएपछि अस्पतालको ‘आइसुलेसन’मा राखेर उपचार भइरहेको छ।” सो नाका हुँदै फर्केका शङ्कास्पद पाँच जनाको एन्टिजेन परीक्षणको कार्य गरिँदा एक जनाको…
Read More
नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ- त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले पराजित गरेको छ । स्कटल्यान्डको टिटउट रङ्गशालामा भएको खेलमा स्कटल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ दशमलव ५ ओभरमा आठ विकेटको क्षतिमा पूरा ग¥यो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३० रनको योगदान दिए । साथै दीपेन्द्र सिंह ऐरीले १४, बसिर अहदमले १३ र किरण ठगुन्नाले १० रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । स्कटल्याण्डका लागि मिचेल लिक्स र साफयान सरिफले दुई/दुई विकेट लिए । साथै ब्रेन्डन म्याककुलन, मार्क वाट, ज्याक जारभिस र जास्पर डेभिडसनले समान एकरएक विकेट लिए । पहिले ब्याटिङ गरेको…
Read More
तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

काठमाडौं- स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुर ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो । तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो । यसअघि भएको पहिलो सुपर ओभर पनि टाइ भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो…
Read More
कडा डेंगुको क्रम बढ्दो-डा. शेरबहादुर पुन

कडा डेंगुको क्रम बढ्दो-डा. शेरबहादुर पुन

गत वर्ष एक परिचित युवाले नाकबाट रगत बगेपछि उपचारका लागि अस्पताल आएका थिए। उनमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो। यो अवस्था भनेको कडा वा जटिल डेङ्गुको सङ्केत हो। यसलाई ‘डेङ्गु वार्निङ’ सङ्केतका रुपमा पनि लिइन्छ। गत वर्ष काठमाडौँमा डेङ्गुले खासै चर्चा नपाएको भए तापनि धेरै सङ्क्रमितमा नाकबाट रगत बग्ने समस्या लिएर आउने गरेको चिकित्सकहरुको अनुभव छ। तर गत वर्ष धेरै मानिसहरु सङ्क्रमित भएको अवस्थामा पनि आफ्ना नियमित दैनिकीलाई निरन्तरता दिएका देखिन्थे। यस्तो अवस्थालाई वार्निङ डेङ्गु भनेर नामाकरण पनि गरिएको थियो। वार्निङ डेङ्गु हुँदा पनि अधिकांशले स्वस्थ परामर्शसमेत लिने गरेका थिएन। यसरी जटिल डेङ्गु हुनसक्ने प्रबल सङ्केतहरुमध्येको एक नाकबाट रगत बग्ने…
Read More
पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन

पहिलोपटक बेंग्लोर आइपिएल च्याम्पियन

काठमाण्डौं-   रोयल्स च्यालेन्जर्स बेंग्लोर पहिलोपटक इन्डियन प्रिमियर लिग (आइपिएल)को च्याम्पियन बनेको छ । अहमेदाबाद रंगशालामा मंगलबार १८औँ संस्करणको उपाधि भिडन्तमा पन्जाब किंग्समाथि ६ रनको रोमाञ्चक जित निकाली बेंग्लोर पहिलोपटक च्याम्पियन बनेको हो । बेंग्लोरका पूर्वकप्तान विराट कोहलीले चौथोपटक फाइनलमा ट्रफी उचाल्न सफल भए । पहिलो ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ९० रनको योगफल बनाएको थियो । प्रत्युत्तरमा पन्जाबले २० ओभरमा सात विकेटको क्षतिमा एक सय ८४ रन जोड्दा बेंग्लोरले बाजी मारेको हो । अन्तिम ओभरमा पन्जाबलाई उपाधि जित्न २९ रनको आवश्यकता थियो । बेंग्लोरबाट जोस हेजलउडले बलिङ गरेका थिए । शशांक सिंहले अन्तिम ओभरमा २२ रन बटुले पनि पन्जाबलाई उपाधि दिलाउन…
Read More
माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

माधवपुर गोल्डकप: न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा

रत्ननगर- माधवपुरमा जारी माधवपुर गोल्डकपको दोश्रो सेमिफाइनलमा न्यू पञ्चदिप युवा क्लबलाई हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको छ । माधवपुर खेलमैदानमा भएको खेलमा न्यू पञ्चदिपलाई १-० ले हराउँदै एपीएफ फाईनलमा प्रवेश गरेको हो । एपिएफ लागी जर्सी नम्बर १० का खेलाडी सविन गुरुङले पहिलो हाफको १७ औं मिनेटमा डि बक्स नजिकैबाट प्रहार गरेको बलले जाली चुमेको थियो। खेलको दौरान पटकपटक पोष्ट आक्रमण गरेको न्यू पञ्चदिपले जवाफी गोल प्रहार गर्न नसक्दा हार व्यहोर्नु पर्यो । दुई विदेशी सहित तन्नरी पुस्ताका रोजाईका खेलाडी एरोन थापालाई मैदान उतारेको न्यू पञ्चदिपले दर्शकको उत्साहप्रद समर्थनका बाबजुत फाईनलको यात्रा तय गर्न सकेन । समूह चरणको खेलमा प्याराडाईज…
Read More
आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पन्जाबले मुम्बईलाई ७ विकेटले हरायो

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पन्जाब किङ्ग्सले शीर्ष–२ मा लिग चरणको अन्त्य गरेको छ । सोमबार भएको खेलमा १ सय ८५ रनको लक्ष्य पछ्याएको पञ्जाबले ९ बल बाँकी रहँदा ३ विकेट गुमाएर जीत निकालेको हो । पन्जाबका ओपनर प्रियान्स आर्य र जोस इङलिसले अर्धशतक बनाए । मुम्बईका मिचेल सान्टनेरले २ र जसप्रति बुमराहले १ विकेट लिए । जयपुरमा पहिला ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । मुम्बईका सूर्यकुमार यादवले अर्धशतक बनाए । पन्जाबका मार्को यानसन, अर्शदिप सिंह र विजयकुमार वैशाखले समान २ तथा हरप्रित…
Read More
सम्पादकीय: नुनमा विष? – राज्यको लापरवाहीले जनस्वास्थ्य संकटमा

सम्पादकीय: नुनमा विष? – राज्यको लापरवाहीले जनस्वास्थ्य संकटमा

नेपालमा आयोडिनयुक्त नुनमा WHO सिफारिसभन्दा तीन गुणा बढी आयोडिन पाइएपछि जनस्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको छ। Salt Trading Corporation ले ५० ppm आयोडिन मिसाउने गरे पनि WHO को सिफारिस १५–४० ppm मात्र हो। यसले नेपालीहरूमा थाइराइड, उच्च रक्तचाप र मुटु रोगजस्ता समस्याहरू बढाएको छ। सरकारले २०५५ सालमा बनाएको आयोडिनयुक्त नुन ऐन २६ वर्षपछि मात्र लागू गरेको छ, जुन लापरवाहीको स्पष्ट संकेत हो। २०१६ को सर्वेक्षण अनुसार, ६८% नेपालीले सिफारिसभन्दा बढी आयोडिन सेवन गरिरहेका छन्। २०२६ मा हुने नयाँ सर्वेक्षणपछि मात्र आयोडिनको मात्रा घटाउने निर्णय गरिने भनिएको छ, तर त्यसबेलासम्म धेरै ढिलो भइसकेको हुनेछ। सरकारले तुरुन्तै आयोडिनको मात्रा घटाउने, गुणस्तर नियमन…
Read More
गल्याङ नगरपालिकामा निःशुल्क छाती रोग परीक्षण शिविर सम्पन्न, ९ जनामा क्षयरोग पुष्टि

गल्याङ नगरपालिकामा निःशुल्क छाती रोग परीक्षण शिविर सम्पन्न, ९ जनामा क्षयरोग पुष्टि

स्याङ्जाको गल्याङ नगरपालिका–३ बल्पुकस्थित नगर अस्पतालमा २०८२ वैशाख ३१ गते सम्पन्न निःशुल्क छाती रोग परीक्षण शिविरमा ३५८ जनाले सेवा लिएका छन्। AI प्रविधियुक्त पोर्टेबल एक्स–रे मेसिनको प्रयोगबाट गरिएको परीक्षणमा ९ जनामा क्षयरोग (टीबी) पुष्टि भएको छ। नगरप्रमुख गुरु प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा आयोजित उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेका थिए। पोर्टेबल एक्स–रे मेसिनको प्रयोगले ग्रामीण क्षेत्रमा छाती रोगको प्रारम्भिक पहिचानमा उल्लेखनीय योगदान पुर्‍याएको छ। यस प्रकारका शिविरहरूले क्षयरोगको प्रारम्भिक पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने नगरप्रमुख भट्टराईले बताए। उनले भविष्यमा पनि यस्ता स्वास्थ्य शिविरहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाए। शिविरमा सेवा लिएका सबै बिरामीहरूलाई आवश्यक परामर्श र उपचारका लागि…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.