आज मितिः २०८३ बैशाख ५ गते

तेस्रो सुपर ओभरमा नेदरल्यान्ड्सको जित

काठमाडौं-

स्कटल्यान्ड ट्वान्टी–२० शृंखलामा कीर्तिमानी बनेको खेलमा नेदरल्यान्ड्सले नेपाललाई तेस्रो सुपर ओभरमा हराएको छ । अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा तीनपटकसम्म सुपर ओभर पुगेको यो पहिलो खेल हो । यसअघि भारतको घरेलु क्रिकेटअन्तर्गत महाराजा टी–२० क्रिकेटमा हबिल टाइगर्स र बेंगलुर ब्लास्टर्सबीचको खेल तीनपटकसम्म सुपर ओभरमा पुगेको थियो ।

तेस्रो सुपर ओभरमा डच टोलीले एक रनको लक्ष्य पाएको थियो । जसलाई पहिलो बलमै छक्कासहित नेदरल्यान्ड्सले जित पक्का गर्‍यो । तेस्रो सुपर ओभरमा पहिले ब्याटिङमा आएको नेपालले रन नबनाई दुई विकेट गुमाएपछि डच टोलीले एक रनको लक्ष्य पाएको हो ।

यसअघि भएको पहिलो सुपर ओभर पनि टाइ भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको हो । दोस्रो सुपर ओभरमा स्कटल्यान्डले १७ रन बनाउँदै नेपाललाई १८ रनको लक्ष्य दिएको थियो । तर, नेपालले पनि १७ रन नै बनाएपछि खेल तेस्रोपटक सुपर ओभरमा धकेलिएको थियो ।

यस्तै, पहिलो सुपर ओभरमा नेपालले १९ रन बनाएको थियो । २० रनको लक्ष्यसहित मैदान उत्रिएको डच टोलीले पनि १९ रन नै बनाएपछि खेल दोस्रोपटक सुपर ओभरमा पुगेको थियो । त्यसअघि स्कटल्यान्डको डुन्डीमा जारी खेलमा नेदरल्यान्ड्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनाएको थियो ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.