फिफा विश्वकप फुटबलमा हिजो र विहान भएको ८ खेलमा सबैको समान अंक
काठमाण्डौ - विश्वकप फुटबलमा इरान र न्युजिल्यान्डले २–२ गोलको बराबरी खेले। इरानले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग बराबरी खेल्यो । इजिल जस्टले खेलको ७औ र ५५औँ मिनेटमा गोल गरे । इरानका लागि ३२औँ मिनेटमा रमनी रेजाइन र ६४औँ मिनेटमा मोहम्मद मोहेवीले गोल गरे । दुवै टोलीले अङ्क बाँडेका छन् । समूह ‘जी’ कै यसअघि भएको पहिलो खेलमा बेल्जियम र इजिप्टले पनि बराबरी खेल्दै एक÷एक अङ्क बाँडेका छन् । त्यस्तै, उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क बाँडेका छन् । साउदी अरबले खेलको पहिलो हाफको ४१ औँ मिनेटमा अद्दुलेलाह अल अमिरीको गोलबाट अग्रता…