उद्धार मिडिया-
एपोलो मल्टी इस्पेशियालिटी पोलिक्लिनिकले आफ्नो सेवाको एक वर्ष पूरा गरेको छ ।
२०८१ फाल्गुन १४ गतेबाट स्वास्थ्य सेवा हेतु सन्चालित यो पोलिक्लिनिकले आफ्नो सेवाको एक वर्ष पूरा गरेको अवसरमा बिरामीहरुको विभिन्न प्रकृतिको रोग उपचारको लागि दक्ष, अनुभवी चिकित्सकहरुको उपलब्धता र थप परिष्कृत रुपमा दीर्घकालीन सेवा उधेश्य र लक्ष्य साथ अगाडि बढिरहेको पोलिक्लिनिकका प्रबन्ध निर्देशक समर्पण बगालेले बताउनुभयो ।
हाल नेपालमा ब्याप्त मुटु रोग, डायबिटिज, उच्च रक्तचाप, नशा सम्बन्धी रोग लगायतका जघन्य रोगका लागि अनुभवी चिकित्सकहरुको सामुहिक सन्चालनमा सो क्लिनिक सन्चालनमा आएको हो ।
चिकित्सकको रोगको प्रकृति हेरेर गुणस्तरीय सेवा दिएर निदान गर्नकै लागि वरिष्ठ मुटु रोग बिशेषज्ञ डा. शंकर लौडारी, डा. मणि प्रसाद गौतम, नेपालकै पहिलो इन्डोक्राइनोलोजिष्ट तथा वरिष्ठ थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा. अंशुमाली जोशी, वरिष्ठ मृगौला रोग विशेषज्ञ डा. प्रशान्त ओझा, वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ डा. सुदिपमान बैध्य, डा. सुरज विडारी, र डा. रविन्द्र अधिकारी, वरिष्ठ सर्जन डा. अभिषेक रेग्मी, नाक कान घाँटी रोगका वरिष्ठ चिकित्सक चिकित्सक डा. सुरेश शर्माद्वारा स्वास्थ्य सेवा प्रदान गर्दै आएको बारेमा एपोलो मल्टी स्पेशियालिटी पोलिक्लिनिकका क्लिनिकल निर्देशक अन्जना आचार्यले बताउनुभयो ।
त्यसै गरि वरिष्ठ स्त्री प्रसुती रोग विशेषज्ञ डा. रमेश पौडेल, वरिस्ठ छाला रोग विशेषज्ञ डा. सविन कँडेल, वरिष्ठ वालरोग विशेषज्ञ डा. किशोर उप्रेती, डा. जीवन खरेल तथा डा. सुजन बाबू भट्ट, वरिष्ठ मनोरोग चिकित्सक डा. खगेन्द्र काफ्ले तथा डा. विवेक मालाकारले पनि उच्च स्वास्थ्य सेवा प्रदान गरिदै आएको बारेमा डा. भुषालले बताउनुभयो ।
अपरेशनल इन्चार्ज यमनाथ आचार्य ले हाम्रो पोलिक्लिनिक जनसमुदाय मा लक्षित सर्बसुलभ , विभिन्न स्वास्थ्य बिधाका विशेषज्ञहरुको प्रत्यक्ष संलग्नता सहितको सेवा सहित अझ थप सेवा दिदै अघि बढिरहेको बारेमा अपरेशन इन्चार्ज यमनाथ आचार्यले थप प्रष्ट पार्नुभयो ।
यसको अलावा रोगको ठोस पहिचान गरि सटिक उपचार गर्नको लागि अत्याधुनिक प्रविधियुक्त १२ लिड्स इसिजी मेशिनबाट वरिष्ठ मुटु रोग विशेषज्ञद्वारा नै मुटुको भिडियो एक्स-रे गरिदै आउनुको साथै अति अनुभवी थेरापिष्ट द्वारा नै फिजियोथेरापी सेवाको ब्यवस्था गरिएको बारेमा पनि डा.सन्तोष भुषाल शर्माले जानकारी गराउनुभयो ।
डा.भुषाल आफू पनि बिगत लामो समय देखि विशेषत: पुर्वी चितवनका बिरामीलाई लक्षित गरी स्वास्थ्यसेवा प्रदान गर्दै आउनुभएको छ ।