आज मितिः २०८३ आश्विन ३ गते

स्वास्थ्य – खेलकुद

क्रिकेटका दिपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित

क्रिकेटका दिपेन्द्रसिंह ऐरी सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली-   एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका दिपेन्द्रसिंह ऐरी र कबड्डीकी जयन्ती बडू सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना, सुदूरपश्चिमाञ्चल एकेडेमीको प्रायोजन र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को मुख्य प्रवर्द्धनमा भएको ‘एसपिए सुदूरपश्चिम स्पोर्टस् अवार्ड २०८०’ को वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका ऐरी र कबड्डीकी बडू सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।   क्रिकेटका ऐरीसँगै भलिबलका टेकराज अवस्थी र भारोत्तोलनका सागर भण्डारी वर्ष पुरुष खेलाडीको मनोनयनमा परेका हुन् । त्यस्तै कबड्डीकी बडूसँगै वर्ष खेलाडी महिलाको मनोनयनमा क्रिकेटकी कविता जोशी र भलिबलकी निरुता ठगुन्ना पनि परेका थिए । यो विधाका उत्कृष्ट खेलाडी पुरुष र महिलाले…
Read More

डेंगु संक्रमण देशैभर फैलियो, यस्तो छ लक्षण र बच्ने उपाय

काठमाडौं- हाल डेंगु संक्रमण देशैभर फैलिएको छ। डेंगु संक्रमितको संख्या पछिल्लो ६ महिनाभित्रमा एक हजार २ सय ४१ पुगेको छ भने संक्रमण ७२ जिल्लामा फैलिएको छ। बढी डेंगु फैलिएका १० जिल्लामा काठमाडौंमा एक सय ४१ जना, झापामा एक सय १२ जना, चिवतनमा ७५, मकवानपुरमा ५९, डोटीमा ४७, तनँहुमा ४६, सिन्धुपाल्चोकमा ४४, ओखलढुंगामा ४१, रुपन्देहीमा २८ र भक्तपुरमा २७ जना संक्रमित भेटिएका छन्। प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी बागमतीमा ४ सय २८ जना, कोशीमा २ सय ८५, गण्डकीमा १ सय ८८, लुम्बिनीमा १ सय ४८, सुदुरपश्चिममा १ सय ४०, मधेश प्रदेशमा ३४ र कर्णालीमा १८ जनामा संक्रमण देखिएको छ। -डेंगुका लक्षणहरू…
Read More
दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

बाठमाण्डौं- चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ। आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो। गएको चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो। सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।  
Read More
नेपाल बंगलादेशसँग २१ रनले पराजित

नेपाल बंगलादेशसँग २१ रनले पराजित

काठमाडौ- आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ। बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयो। अब नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ भने अब स्वदेश फर्किने भएको छ। बंगलादेशले भने अब विश्वकपको सुपर ८ प्रवेश गरि सकेको छ।
Read More
टी–२० मा जितका लागि १०७ रनको लक्ष्य, सन्दीपको १०० विकेट पूरा

टी–२० मा जितका लागि १०७ रनको लक्ष्य, सन्दीपको १०० विकेट पूरा

काठमाडौं- टी-२० विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाललाई बंगलादेशले १०७ रनको सामान्य लक्ष्य दिएको छ । नेपाली बलरले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशलाई रनमा रोकेका हुन् । नेपालका लागि कप्तान रोहित पौडेल, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट बाँडे ।   सन्दीप लामिछानेले टी २० अन्तर्राष्ट्रियमा १०० विकेट पूरा गरेका छन् । उनी थोरै खेलमा विकेटको शतक पुरा गर्ने दोस्रो खेलाडी बने ।   बंगलादेशविरुद्ध नेपालले आठौँ विकेट हात पारेको छ । नेपालका लागि सन्दीप लामिछानेले विकेट लिएका हुन् ।   टी–२० अन्तर्राष्ट्रियमा उनको यो १ सयौँ विकेट थियो । जाकेर अलि १२ रन बनाएर आउट भए । बंगलादेशले…
Read More
दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित,

दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित,

काठमाडौ - आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपाल बलियो टेस्ट राष्ट्र दक्षिण अफ्रिकासँग पराजित भएको छ । शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा जितको निकै नजिक पुगेको नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको हो । दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरमा जितका लागि नेपाललाई ८ रन चाहिएको थियो । शुरूका दुई बल डट खेलेका गुल्सन झाले तेस्रो बलमा चौका प्रहार गरे र चौथो बलमा दुई रन लिए । पाँचौं बल फेरि डट खेलेका उनी अन्तिम बलमा रन आउट भए र नेपालले पीडादायी हार व्यहोर्नु पर्‍यो…
Read More
अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष

अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष

काठमाडौं-   आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।   दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने। रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे।   नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप…
Read More
जर्मनीमा आजबाट युरोकप सुरू हुँदै

जर्मनीमा आजबाट युरोकप सुरू हुँदै

काठमाडौं÷ १७औं संस्करणको युरो कप आजबाट जर्मनीमा सुरू हुँदैछ। २४ राष्ट्र सहभागी युरोकपको उद्घाटन खेलमा आयोजक जर्मनी र स्कटल्यान्ड भिड्दैछन्। म्युनिखस्थित क्लब बार्यन म्युनिखको घरेलु मैदान एलिनाज रंगशालामा हुने खेल नेपाली समयअनुसार मध्यराति ठीक १२ः४५ बजेबाट सुरु हुनेछ। जर्मनीका विभिन्न १० शहरका १० रंगशालामा आयोजना हुने युरोकपका लागि जर्मनीले एकल आयोजकको अधिकार पाएको हो। यसअघि २०२० मा हुनुपर्ने युरोकप कोरोनाका कारण २०२१ मा गरिएको थियो। उक्त युरोकप इटालीले जितेको थियो। उसले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो। नेपालमा युरो कपका खेल सोनी स्पोर्ट्सका विभिन्न च्यानलबाट हेर्न सकिन्छ।
Read More
भारत विश्वकपको सुपर ८ मा, अमेरिकालाई ७ विकेटले हरायो

भारत विश्वकपको सुपर ८ मा, अमेरिकालाई ७ विकेटले हरायो

काठमाडौं-     आईसीसी पुरुष टी–२० क्रिकेट खेलमा बुधबार अमेरिकालाई ७ विकेटले हराउँदै भारत सुपर आठमा पुगेको छ । जारी प्रतियोगितामा भारत अपराजित छ। भारतको जितले पाकिस्तानलाई समेत राहत मिलेको छ, उसको सुपर ८ को सम्भावना बढेको छ ।   अमेरिकाले दिएको १ सय ११ रनको लक्ष्य भारतले १० बल बाँकी छँदा ३ विकेट गुमाएर पुरा गर्यो। ओपनर विराट कोहलीलाई शून्य र कप्तान रोहित शर्मालाई तीन रनमा गुमाएको भारतको इनिङ्लाई सुर्यकुमार यादव र सिवम दुवेले सम्हालेका थिए। सुर्यकुमारले नटआउट ५० रन बनाए। दुवेले अविजित ३१ रनको योगदान दिए। ऋषभ पन्त १८ रन बनाएर आउट भए। पहिलो ओभर बलिङ गरेका अर्शदिप…
Read More
नेपाल र श्रीलंकाले अंक बाड्यो , नेपालको सुपर ८ मा पुग्ने सम्भावना कायमै श्रीलंका बाहिरियो , भिडियो सहित

नेपाल र श्रीलंकाले अंक बाड्यो , नेपालको सुपर ८ मा पुग्ने सम्भावना कायमै श्रीलंका बाहिरियो , भिडियो सहित

अमेरिका – आईसीसी टी २० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुबै टोलीले १-१ अंक बाँडेका छन् । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशालामा हुने भनिएको टि २० वोर्ल्ड कपको २३ औ खेल वर्षाको कारण रद्ध हुन पुग्दा नेपाल र श्रीलंकाले १-१ अंक बाडेको हो । बिहानै देखि भएको वर्षा बेलुकी ७:४५ मा रोकिएता पनि ८:15 बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको मुख्य पिच छोपीए पनि आउटफिल्डमा पानी जमेको कारण खेल हुन सकेन । लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको छ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा आइपुगेका हजारौं दर्शकका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.