आज मितिः २०८३ बैशाख ६ गते

अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष

काठमाडौं-

 

आइसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपालले खेल जित्न ११६ रनको लक्ष पाएको छ। शनिबार सेन्ट भिन्सेन्टमा रहेको आर्नोस भले ग्राण्ड किंग्सटाउनमा टस हारेर ब्याटिङमा उत्रेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो।

 

दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्क्रमले २२ बलमा १५ रन बनाए। उनले २ चौका प्रहार गरे। क्वीन्टन डी ककले ११ बलमा १० रन जोडे। उनले एक चौका हाने।

रिजा हेन्डरक्सिले ४९ बलमा सर्वाधिक ४३ रन बनाए। यसक्रममा उनले ५ चौका र १ छक्का प्रहार गरे।

 

नेपालका लागि कुशल भुर्तेलले ४ विकेट लिए। दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए। सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै मात्र १८ रन खर्चिए पनि विकेट भने लिन सकेनन्। नेपाल र दक्षिण अफ्रिका समूह ‘डी’ मा रहेका छन्। बङ्गलादेश, नेदरल्यान्ड्स र श्रीलङ्का पनि यही समूहमा छन्। सुपर–८ चरणमा पुग्ने सम्भावना जीवित राख्न यो खेलमा नेपाललाई दक्षिण अफ्रिकालाई हराउनु आवश्यक छ।

दक्षिण अफ्रिका पछिल्लो आईसीसी टी–२० अन्तर्राष्ट्रिय वरीयतामा सातौँ स्थानमा छ भने नेपाल १७औँ स्थानमा रहेको छ।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.