काठमाडौ-
आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ।
बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयो।
अब नेपाल एक अंक जोड्दै विश्वकपबाट बाहिरिएको छ भने अब स्वदेश फर्किने भएको छ। बंगलादेशले भने अब विश्वकपको सुपर ८ प्रवेश गरि सकेको छ।