आज मितिः २०८१ माघ ४ गते

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

बाठमाण्डौं-

चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ।

आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले झापामा रहेको सो कलेजलाई सम्बन्धन दिने निर्णय गरेको हो।

गएको चैत १२ गते सर्वोच्च अदालतले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। न्यायाधीशहरु कुमार चुडाल र सारंगा सुवेदीको इजलासले बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको हो।

सर्वोच्चको आदेशपछि काठमाडौँ विश्वविद्यालय कार्यकारी समितिको जेठ २७ गते बसेको बैठकले सम्बन्धन दिन आयोगलाई सिफारिससहित पत्राचार गरेको थियो।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.