आज मितिः २०८३ बैशाख ६ गते

८ सय २५ शिक्षकले पार्टी सदस्यता त्यागे

काठमाडौं-

 

शिक्षामन्त्री सुमना श्रेष्ठले आफ्नो निर्देशनपछि ८ सय २५ जना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेको बताएकी छन्।

मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताइन्। उनले दलीय सदस्यता लिएका ८२५ शिक्षकले सदस्यता त्याग गरेको, ४५ शिक्षक विरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको बताइन्।

“गुणस्तरीय शिक्षाका लागि हामी सबैले आआफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ। मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम शुरू गरिएको छ। त्यसको परिणाम पनि बिस्तारै देखिन थालेको छ। अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ। अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वन गर्न म प्रतिबद्ध छु,” उनले भनिन्।

 

मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रिताल र विदेशी सम्बन्धन प्राप्त कलेजका सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शङ्कर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको पनि जानकारी दिइन्।

उनले शिक्षक सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन सम्बन्धित पक्षसँगको छलफलका आधारमा निर्देशिका ल्याएको र आवश्यकतानुसार परिमार्जन गर्न सकिने बताइन्।

 

By उद्दार अनलाईन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.