आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

सेयर बजार उकालो तर्फ, १३.९५ अंक ले बढ्यो नेप्से

२९ कार्तिक, काठमाण्डू । आज सेयर बजारले उकालो यात्रा गरेको छ । हिजोको तुलनामा परिसूचक नेप्से १३.९५ अंक ले बढ्दा नेप्से २७४८ कायम भएको छ । आज १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने हिजो ७ अर्ब ९१ करोडको कारोबार भएको थियो । १५९ कम्पनीको मूल्य बढ्दा ७९ को भने घटेको छ, त्यस्तै ६ कम्पनी स्थिर रहेका छन् । यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशतले बढेको छ । धेरै कारोबार भएका कम्पनीमा जानकी फाइनान्स, ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, नेपाल फाइनान्स, पिपुल्स हाइड्रोपावर क्रमश अगाडि रहे ।
Read More
चितवनमा मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा चालक गम्भीर घाइते

चितवनमा मोटरसाइकल अनियन्त्रीत भई पल्टिदा चालक गम्भीर घाइते

चितवन : चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।मंगलबार राति ९:३० बजेको समयमा राप्ती न.पा.९ ब्रह्मनगर स्थित सडक खण्डमा अमृतपानीबाट खुरखुरे तर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०२५ प ९८९७ नं.को मोटरसाइकल आफै अनियन्त्रीत भइ पल्टिएको प्रहरीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक राप्ती न.पा.९ अमृतपानी बस्ने वर्ष २१ को अविक पुन रहेका छन् । उनको मुख, टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको छ । उनको नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।मोटरसाइकल प्रहरीले नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ।
Read More
नारायणगढ–बुटवल सडक छिटो निर्माण गर्न दबाब, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईने

नारायणगढ–बुटवल सडक छिटो निर्माण गर्न दबाब, प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराईने

नवलपरासी : नारायणगढ–बुटवल सडकखण्डको विस्तारमा ढिलाइ भएपछि सडक क्षेत्रमा पर्ने पूर्वी नवलपरासी, पश्चिम नवलपरासी र रुपन्देही गरी ३ वटा जिल्लाका स्थानीय तहले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने भएका छन् । जिल्ला समन्वय समिति नवलपरासीको संयोजनमा मंगलबार पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा भएको छलफलमा ठेकेदारले काम सुरू नगरेकाले प्रधानमन्त्रीसहित संघीय सरकारका निकायको ध्यानाकर्षण गराउँदै समयमै काम सक्ने वातावरण निर्माण गर्न दबाब दिने निर्णय गरेका छन् । जिसस नवलपरासीका प्रमुख भगौती यादवको अध्यक्षतामा भएको छलफलमा सडक आयोजनाको पश्चिम खण्डका आयोजना प्रमुख शशांक मिश्रले ठेकेदारले आर्थिक अभावका कारण काम गर्न ढिलाइ गरेको जानकारी गराएका थिए ।काममा ढिलाइ गरेको भन्दै नोटिस टु करेक्ट पठाएर परामर्शदाता कम्पनीले ठेकेदार…
Read More
रत्ननगर ९ मा रहेका कुकुर बिरालोलाई  रेविज विरुद्धको भ्याक्सिन लगाईने

रत्ननगर ९ मा रहेका कुकुर बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन लगाईने

२७ कार्तिक, रत्ननगर । रत्ननगर नगरपालिका ९ नम्बर वडा कार्यालयले आफ्नो वडामा भएका कुकुर तथा बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ । कुकुर तथा बिरालोको टोकाईका कारण वडाबासीहरुलाई रेबिज लगायत संक्रामक रोगहरु नलागोस भन्ने उद्धेश्यले भ्याक्सिन लगाउने कार्यक्रम सञ्चालन गर्न लागिएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिए । भोलि अर्थात कार्तिक २८ गते बुधबार देखी कुकुर तथा बिरालोलाई रेविज विरुद्धको भ्याक्सिन लगाईने वडा सचिव सुर्यप्रसाद ढुंगानाले जानकारी दिएका छन् । वडामा रहेका हरेक टोल विकास संस्थाका पदाधिकारी तथा स्थानियहरुले उक्त कार्यक्रममा समन्वय गरिदिन समेत सचिव ढुंगानाले आग्रह गरेका छन् ।
Read More
गोरखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

गोरखा उद्योग वाणिज्य संघको भ्रमण टोलीलाई चितवनमा स्वागत

२७ कार्तिक, भरतपुर । उद्योग वाणिज्य संघ–चितवनले गोरखा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमण टोलीलाई सोमबार एक कार्यक्रमको आयोजना गरी स्वागत गरेको छ । गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठको नेतृत्वमा आएको भम्रण टोलीलाई संघले स्वागत गरेको हो । नेपालको विभिन्न सफल उद्योग वाणिज्य संघहरूको अध्ययन अवलोकन गर्ने सन्दर्भमा उक्त संघ उद्योग वाणिज्य संघ–चितवनमा आएको हो । स्वागत एवम् छलफल कार्यक्रमा उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले यस किसिमको कार्यक्रमले व्यवसायिक साथसाथै संस्थागत एकता सुदृढ गर्नमा समेत सहयोग पु¥याउने बताउनुभयो । उद्योग वाणिज्य संघ–चितवनको संक्षिप्त जानकारी दिंदै अध्यक्ष श्रेष्ठले यस्ता किसिमका भेटघाटले दुवै क्षेत्रका उद्योगी व्यवसायीको समस्या पहिचान गरी…
Read More
चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने

चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने

भरतपुर : कृषि विकास कार्यालयले चितवनमा यसवर्ष धानको उत्पादकत्व घटे पनि उत्पादन बढ्ने जनाएको छ । कार्यालयका योजना शाखा प्रमुख निर्मल पौडेलले यसवर्षको बर्खे धानको जिल्लाको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलब नौ मेट्रिक टन रहेको बताए । उनका अनुसार चितवनको धानको उत्पादकत्व र उत्पादनको विवरण निकाल्ने अन्तिम तयारीमा कृषि विकास कार्यालय जुटेको छ । शाखा प्रमुख पौडेलले भने, ‘यसवर्ष धानको उत्पादन बढ्छ, बर्खे धानको क्षेत्रफल नै अहिले बढी छ ।’ विगतका वर्षहरुमा चितवनको धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलब तीन मेट्रिक टन थियो । अहिले दशमलब चार मेट्रिक टन उत्पादकत्व घट्ने पौडेल बताउँछन् । उनी भन्छन्, ‘उत्पादकत्व घट्नुको प्रमुख कारण रोगकिराको प्रकोप…
Read More
भरतपुरमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा १ को ज्यान गयो

भरतपुरमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा १ को ज्यान गयो

चितवन : चितवनको भरतपुर २४ स्थित लक्ष्मण चोकमा बोलेरो गाडीले स्कुटर र मोटर साइकल ठक्कर दिदा इच्छाकामना ५ मुग्लिनकी ३७ वर्षीया रामकुमारी गुरुङ `विन्दु´को ज्यान गएको छ । सोही दुर्घटनामा परि मुग्लिनकै यो ३१ वर्षिय सोजन शेरचन गम्भीर घाइते भएका छन् । आज बिहान पौने ११ बजे भरतपुर महनगरपालिका २४ लक्ष्मणचोक मा प्र ३-०१-०२४च ४९९३ नं. को बोलेरोले बा.प्र.०३-००१ प ३६५६ नं.को मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नं. को स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते एका थिए । घाइते भएका उनिहरुलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा स्कुटरमा सवार महिला `विन्दु´को ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी…
Read More
छठका लागि सजाइयो नारायणी किनार

छठका लागि सजाइयो नारायणी किनार

चितवन : वर्षातको समयमा आएको बाढीले खण्डहर बनाएको नारायणी नदी किनारलाई यतिबेला सजाइएको छ । तराई सामुदायिक सेवा समितिले नारायणी नदी किनारमा बाढीले बनाएको खण्डहरलाई व्यवस्थापन गर्दै सिगारको काम गरेको हो । तराई समुदायले मनाउने छठ पूजाका लागि नारायणी नदी किनारलाई सिङ्गारिएको हो । अहिले त्यहाँ समितिका पदाधिकारी तथा सदस्यहरु नदी किनारलाई व्यवस्थित बनाएर पूजाका लागि तयारी गरिरहेका छन् । समितिका सल्लाहाकार राजकुमार साहले अहिले तयारीस्वरुप पूजास्थल सम्याउने, टेण्ट निर्माण, धजापतका टाँस्ने लगायतका काम गरिएको बताउनुभयो । पूजाको तयारी पूरा भएको छ । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वका लागि नारायणी नदी किनारलाई आकर्षक बनाइएको हो । समितिका पूर्व अध्यक्ष…
Read More
चेपाङ बस्तीको स्वास्थ्य चौकीलाई औषधि सहयोग

चेपाङ बस्तीको स्वास्थ्य चौकीलाई औषधि सहयोग

रत्ननगर । इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको स्वास्थ्य चौकीलाई औषधि प्रदान गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ सहित स्थानीय अन्य विरामीहरुलाई निःशुल्क प्रदान गर्ने गरी सोही वडामा रहेको सामुदायिक स्वास्थ्य इकाइमा औपाधि प्रदान गरिएको सपना भिलेजका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । गाउँपालिकाको स्वास्थ्य शाखाले औषधिको विवरण सहित पठाएको अनुरोध पत्रलाई आत्मसाथ गरी लक्षित बर्ग विरामी हुँदा निःशुल्क प्रदान गर्ने गरी १ लाख २४ हजार ११५ रुपैयाको औषधि स्वास्थ्य इकाईलाई हस्तान्तरण गरेको गिरीले बताए । सपना भिलेलले स्थानीय आवश्यकताको आधारमा ३१ प्रकारका औषधिहरु प्रदान गरेको छ । स्थानीय सरकारको स्वास्थ्य शाखाबाट औषधिको विबरण सहित आग्रह…
Read More
रत्ननगर उवासंघद्वारा प्रजिअ र एसपीलाई स्वागत

रत्ननगर उवासंघद्वारा प्रजिअ र एसपीलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले बुधबार विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले संघको संक्षिप्त जानकारी दिदँै नेपाल भारतको खुल्ला सिमाना, सौराहाको पर्यटन विकास, दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना कार्यक्रम, लागु औषधको कारोबार निरुत्साहित तथा व्यवसायिक सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रहरी उपरीक्षकलाई जानकारी गराएका थिए । कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्रिने कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजारमा पाउन नसकेको भन्दै ध्यानकर्षण गराएका छन् । चितवन दुग्ध, पोल्ट्री, माछा र…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.