आज मितिः २०८३ बैशाख ६ गते

भरतपुरमा बोलेरोले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिदा १ को ज्यान गयो

चितवन : चितवनको भरतपुर २४ स्थित लक्ष्मण चोकमा बोलेरो गाडीले स्कुटर र मोटर साइकल ठक्कर दिदा इच्छाकामना ५ मुग्लिनकी ३७ वर्षीया रामकुमारी गुरुङ `विन्दु´को ज्यान गएको छ । सोही दुर्घटनामा परि मुग्लिनकै यो ३१ वर्षिय सोजन शेरचन गम्भीर घाइते भएका छन् ।

आज बिहान पौने ११ बजे भरतपुर महनगरपालिका २४ लक्ष्मणचोक मा प्र ३-०१-०२४च ४९९३ नं. को बोलेरोले बा.प्र.०३-००१ प ३६५६ नं.को मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नं. को स्कुटरलाई ठक्कर दिदा ३ जना घाईते एका थिए । घाइते भएका उनिहरुलाई उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर तर्फ पठाईएकोमा स्कुटरमा सवार महिला `विन्दु´को ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यस्तै सोही दुर्घटनामा परी स्कुटर चालक सोजन सेरचन गम्भीर घाइते भएको र मोटरसाइकल चालक चितवन भरतपुर म.न.पा.२४ बस्ने बर्ष ३१ को हरिशरण थापा मगर मध्यम घाइते भएको साथै शेरचनको हाल चितवन मेडिकल कलेज र मगरको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको प्रहरीले बताएको छ। हाल ३ वटै सवारी साधन र बोलेरो चालक जिल्ला गैडकोट न.पा.४ बस्ने बर्ष ३४ को राम खनाल प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.