आज मितिः २०८३ बैशाख १० गते

रत्ननगर उवासंघद्वारा प्रजिअ र एसपीलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग वाणिज्य संघले बुधबार विहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रलाई स्वागत तथा छलफल कार्यक्रम आयोजना गरेको छ । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरीले संघको संक्षिप्त जानकारी दिदँै नेपाल भारतको खुल्ला सिमाना, सौराहाको पर्यटन विकास, दुर्घटना न्यूनीकरणका लागि चालक सचेतना कार्यक्रम, लागु औषधको कारोबार निरुत्साहित तथा व्यवसायिक सुरक्षाको विषयमा प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रहरी उपरीक्षकलाई जानकारी गराएका थिए । कार्यक्रममा व्यवसायीहरुले भारतबाट अबैध रुपमा भित्रिने कृषि तथा पशुजन्य उत्पादनका कारण नेपाली उत्पादनले बजारमा पाउन नसकेको भन्दै ध्यानकर्षण गराएका छन् । चितवन दुग्ध, पोल्ट्री, माछा र केरामा आत्मनिर्भर रहेको खुल्ला सिमानाका कारण भारतबाट भित्रिने अबैध सामाग्रीका कारण जिल्लाका उत्पादनले बजार पाउन नसकेको भन्दै व्यवसायीहरुले सिमामा कडाई गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठले अबैध रुपमा भारतबाट भित्रिने सामग्रीका कारण नेपाली उत्पादनले मूल्य पाउन नसकेको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडलले चितवन आर्थिक सामाजिक एवम् रणनीतिक हिसावले महत्वपूर्ण जिल्ला भएको बताउदै नागरिक तथा व्यवसायिक सुरक्षामा प्रतिबद्ध भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यसैगरि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक मिश्रले जिल्लाको सुरक्षा चुस्त दुरुस्त राख्न निजी क्षेत्रको समन्वयमा काम गर्ने बताए । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यमी, उद्योग र व्यवसायीहरुको उपस्थिति रहेको थियो । रत्ननगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष निराजन खनालले धन्यवाद दिएको कार्यक्रम महासचिव उपेन्द्र शर्मा आचार्यले सञ्चालन गरेका थिए ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.