आज मितिः २०८३ आश्विन १ गते

ताजा अपडेट

सौराहाको होटल जंगल क्राउन ‘४ तारे’ होटल बन्ने, १ अर्बको लगानी

सौराहाको होटल जंगल क्राउन ‘४ तारे’ होटल बन्ने, १ अर्बको लगानी

४ मंसिर, सौराहा : चितवनको पर्यटकीय स्थल रत्ननगर वडा नं. ८ सौराहाको बाघमारा स्थित चर्चित होटल जंगल क्राउन प्रा.लि ‘४ तारे’ होटल बन्ने भएको छ । सौराहाकै स्तरीय होटलको रुपमा परिचत होटल जंगल क्राउन सञ्चालनमा आएको १० वर्षपछि ‘४ तारे’ लक्जरी होटलमा स्तरोन्नति हुने भएको हो । व्यवसायी डा.तिलचन्द्र भट्टराईको अगुवाईमा होटल जंगल क्राउनले ‘४ तारे’ स्तर वृद्धि गर्न नयाँ बन्ने तीन तले ४० कोठे भवनको एक कार्यक्रमका बीच पूर्व पर्यटन मन्त्री प्रेम आलेले शिलन्यास गरेका छन् । ४३ कोठामा चलि रहेको होटलमा थप ४० कोठा थपेर ‘४ तारे’ बनाउन लागेको होटल जंगल क्राउन होटलका सञ्चालक तथा कार्यकारी प्रमुख सन्तोष…
Read More
रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा

रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा

रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर ७ गतेदेखि सुरु हुने पूर्वी चितवन रत्ननगर सांस्कृतिक तथा व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सवको ९० प्रतिशत काम पुरा भएको आयोजकले जनाएको छ । द हेल्पिङ युथ क्लब रत्ननगरको मुख्य आयोजना तथा संयुक्त नेपाल मेला महोत्सव ग्रुप प्रालिको आयोजनामा रत्ननगर वडा नं १ स्थित बसपार्कसंग जोडिएको खुल्लाचौर हुन लागेको हो । महोत्सव स्थलमा स्टल निर्माणको काम अन्तिम चरणमा पुगेको र प्रचारप्रसादको काम तीब्र रुपमा भइरहेको आयोजकले जनाएको छ । क्लवले गर्न लागेको उक्त महोत्सव दोस्रो संस्करण हो । कृषि, पर्यटन र औद्योगिक क्षेत्रलाई प्रवद्धन गर्ने, धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलहरूको…
Read More
राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

राप्ती पुर्नस्थापना केन्द्रमा रहेकाहरुलाई देखाईयो पूर्ण वहादुरको सारङ्गी

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं. ७ सिक्सग्रुपमा रहेको राप्ती पुर्नस्थापना केन्द्र मा रहेका सदस्यहरु लाई नेपाली सामाजिक चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको छ । आफ्नो स्वास्थ्य सुधारका लागि पुर्नस्थापना केन्द्रमा बसेकालाई बाहिरी वातावरणमा घुलमिल गराई चलचित्र देखाईएको हो । आइतवार पुर्नस्थापना केन्द्रमा रहेर उपचार र परामर्श गरिरहेका ५६ जनालाई नेपाली चलचित्र पूर्ण वहादुरको सारङ्गी देखाईएको सञ्चालक गुणराज गुरुङले जानकारी दिए । चलचित्रको पर्दा पछाडी एउटा परिवारमा आफ्नो बुवाले आफ्नो छोराछोरीको भविष्यको लागि गरेको संघर्षका कथा बस्तु देखाउन दुव्र्यसनमा फसेर पुर्नस्थापना केन्द्रमा रहेकाहरुले बुझ्न सकुन, मनन गर्न सकुन, यस चलचित्रबाट केही सिकुन भन्ने हिसाबले म्याङ्गो जनज्योती हल पर्सामा…
Read More
सिद्धीका ‘‘रामजी चेपाङ’’लाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

सिद्धीका ‘‘रामजी चेपाङ’’लाई ग्रीनल्याण्डले आवाससहित नि:शुल्क पढाउने

चितवन । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले सिद्धीका एक चेपाङ विद्यार्थीलाई आवाससहित नि:शुल्क पढाउने भएको छ । स्कुलले कालिका नगरपालिका १० छेरवाङका रामजी चेपाङलाई कक्षा ११ र १२ मा बायो साईन्स पढाउने भएको हो । आर्थिक अवस्था निकै कमजोर भएको कारण रामजीलाई स्कुलले नि:शुल्क पढाउने निर्णय गरेको प्राचार्य ईन्दिरा कार्कीले बताउनुभयो । स्कुलले कक्षा ११ र १२ मा नि:शुल्क तथा दुई वर्षको आवासको जिम्मा प्राचार्य कार्कीले लिनुभएको छ । रामजीलाई कक्षा ११ र १२ मा अध्ययनका क्रममा लाग्ने आवस लगाएतको सम्पूर्ण व्यवस्थापन आफूले गर्ने प्राचार्य कार्कीले बताउनुभयो । स्कुलले केही समय अघि मात्रै सिद्धीमा यो घोषणा गरेको थियो । सोही अनुरुप…
Read More
माधवपुरमा भोलीदेखि हाट बजार सञ्चालन हुने

माधवपुरमा भोलीदेखि हाट बजार सञ्चालन हुने

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं १५ माधबपुरमा भोली सोमबारदेखि हाट बजार सञ्चालन हुने भएको छ । छहारी टोल निवासी विष्णु लम्सालले आफ्नो व्यक्तिगत जग्गामा माधवपुर हाट हजार सञ्चालन गर्न लागेका हुन । लम्सालले प्रत्येक हप्ताको सोमबार र विहीबार सञ्चालन हुने गरी हाटबजार सञ्चालन गर्न लागेका हुन् । हाट बजारका आयोजक लम्सालले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हाट बजार सञ्चालन गर्नुको उद्देश्य र तयारीको बारेमा जानकारी गराएका हुन । रत्ननगर नगरपालिकासंगको सहकार्यमा स्थानीयबासीको सहयोगमा लम्सालले आफ्नो व्यक्तिगत सात कठ्ठा क्षेत्रफलमा हाट बजार सञ्चालन गर्न लागेको लम्सालले जानकारी दिए । किसानले उत्पादन गरेका कृषिजन्य सामग्रीको बजारीकरण तथा स्थानीय स्तरको आर्थिक…
Read More
डिजल र मट्टीतेलको मूल्य बढ्यो

डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आजै देखी लागू भएको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ। अब काठमाडौँ र पोखरामा डिजल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।
Read More
चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा गुरुङ चयन

चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा गुरुङ चयन

माडी : चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा वीरबहादुर गुरुङ चयन भएका छन् ।शुक्रबार माडीकाे अयाैध्यापुरी मध्यवर्ती सामुदायिक हाेमस्टेमा सम्पन्न संघकाे साताै बार्षिक साधरण सभा तथा चाैथाे अधिवेशनले गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे । निर्विराेध निर्वाचित समितिकाे बरिष्ठ उपाध्यक्षमा प्रकाश चापागाई, उपाध्यक्षमा नेत्रनारायण आचार्य र युवराज पाठक, महासचिवमा गुरुप्रसाद सुवेदी, सचिवमा सुदर्शन जाेशी, काेषाध्यक्षमा हरिशरण श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा कुलप्रसाद पाण्डे, युवराज अर्याल, राजु बराल, राधेश्याम श्रेष्ठ, विश्वनाथ महताे, इन्द्र क्षेत्री, मनिष गाैतम, सुर्यमान शाक्य, मानबहादुर श्रेष्ठ, माधव पाैडेल चयन भएका छन् । साधरण सभा तथा अधिवशनकाे संघका पूर्वअध्यक्ष रामलाल भूषालले उद्घाटन गरेका थिए । संघका…
Read More
ओलीका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको प्रचण्डको आरोप

ओलीका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको प्रचण्डको आरोप

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपाल–भारत सम्बन्ध तनावग्रस्त भएको बताएका छन् । उनले प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धलाई सन्तुलनमा राख्न नसक्दा नेपाल–भारत सम्बन्ध खतरामा रहेको बताएका हुन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई ‘चीन कार्ड’को संज्ञा दिएका छन् । द हिन्दूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले ओलीले ‘चीन कार्ड’ खेलेको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणले भारतसँगको सीमा विवाद फेरि चर्किने बताए । विपक्षी दलका नेता समेत रहेका प्रचण्डले आफ्नो १८ महिनाको कार्यकालमा भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए ।
Read More
नेपाली सेनामा झण्डै २८ सयका लागि खुल्यो जागिर

नेपाली सेनामा झण्डै २८ सयका लागि खुल्यो जागिर

काठमाडौं : नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो। जंगी अड्डाका अनुसार २ हजार ५ सय १० जना सैन्यको माग भएको छ। यसैगरी कुचिकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन्। यसैगरी प्राड/ प्राविधक/ हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ। जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन्। सैन्य पदका लागि कक्षा ८ पास गरेको भए पुग्ने छ। दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ। दोब्बर दस्तुर बुझाई पुस ६…
Read More
चितवनमा भोलिदेखि एनएमएको ‘स्पोर्टस् फेस्ट’

चितवनमा भोलिदेखि एनएमएको ‘स्पोर्टस् फेस्ट’

चितवन : नेपाल चिकित्सक संघ (एनएमए) केन्द्रीय समितिको आयोजनामा चितवनमा भोलिदेखि प्रथम एनएमए स्पोर्टस फेस्ट हुने भएको छ । दुई दिनसम्म हुने प्रतियोगिताको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । संघका महासचिव डा. सन्जिव तिवारीले प्रतियोगितामा क्रिक्सल, फुटसल, भलिबल, बास्केटबल, टेबुलटेनिस, ब्याडमिन्टन, चेस र पौडी प्रतियोगिता हुने जानकारी दिनुभयो । प्रतियोगिताको आयोजना गरेर देशभरका युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई व्यस्त दिनचर्याबाट केही राहत महसुस गराउन र मनोरञ्जनका लागि प्रोत्साहित गर्न सकिएको भन्दै उहाँले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको कार्यकौशलतामा सकारात्मक प्रभाव पर्ने संघको ठहर रहेको बताउनुभयो । संघका अध्यक्ष डा. अनिलबिक्रम कार्कीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.