आज मितिः २०८३ बैशाख ६ गते

चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा गुरुङ चयन

माडी : चितवन नवलपुर दाना वितरक संघकाे अध्यक्षमा वीरबहादुर गुरुङ चयन भएका छन् ।शुक्रबार माडीकाे अयाैध्यापुरी मध्यवर्ती सामुदायिक हाेमस्टेमा सम्पन्न संघकाे साताै बार्षिक साधरण सभा तथा चाैथाे अधिवेशनले गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।

निर्विराेध निर्वाचित समितिकाे बरिष्ठ उपाध्यक्षमा प्रकाश चापागाई, उपाध्यक्षमा नेत्रनारायण आचार्य र युवराज पाठक, महासचिवमा गुरुप्रसाद सुवेदी, सचिवमा सुदर्शन जाेशी, काेषाध्यक्षमा हरिशरण श्रेष्ठ चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा कुलप्रसाद पाण्डे, युवराज अर्याल, राजु बराल, राधेश्याम श्रेष्ठ, विश्वनाथ महताे, इन्द्र क्षेत्री, मनिष गाैतम, सुर्यमान शाक्य, मानबहादुर श्रेष्ठ, माधव पाैडेल चयन भएका छन् ।

साधरण सभा तथा अधिवशनकाे संघका पूर्वअध्यक्ष रामलाल भूषालले उद्घाटन गरेका थिए । संघका निवर्तमान अध्यक्ष तेजनारायण पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा महासचिव नेत्रनारायण आचार्यले प्रगति प्रतिवेदन, काेषाध्यक्ष रामशरण नेपालले आर्थिक प्रतिवेदन तथा उपाध्यक्ष प्रकाश श्रेष्ठले प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमा उपाध्यक्ष प्रकाश चापागाईँले स्वागत मन्तव्य राखेका थिए ।

निर्वाचन समितिकाे संयाेजकमा अधिवक्ता गाेपीलाल देवकाेटा र सदस्यमा शिबप्रसाद बराल रहेका थिए । निर्वाचन समितिका संयाेजक अधिबक्ता देवकाेटालाई पद तथा गाेपनीयताका सपथग्रहण गराएका थिए । निर्वाचित समितिलाई प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.