आज मितिः २०८३ बैशाख ६ गते

डिजल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडौँ : नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य बढाएको छ। पेट्रोलको मूल्य केही पैसा बढेर आए पनि हाललाई यथावत राखिएको निगमले जानकारी दिएको छ। बढेर आएको मूल्य आजै देखी लागू भएको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाइएको छ।

अब काठमाडौँ र पोखरामा डिजल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पर्नेछ । दाङ र सुर्खेतमा १५२ रुपैयाँ तथा बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ पर्नेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने घटबढ भएको छैन ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.