आज मितिः २०८३ बैशाख १९ गते

ताजा अपडेट

सोलुखुम्बुमा एक महिलाको शव फेला

सोलुखुम्बुमा एक महिलाको शव फेला

काठमाण्डौं- निर्वस्त्र अवस्थामा सोलुखुम्बुमा एक महिलाको शव फेला परेको छ। खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो। “मंगलबार बेलुका महिलाको शव भेटियो भन्ने खबर आएपछि खटिएको प्रहरी टोली सो स्थानमा पुगेको थियो । शवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ। घटनाबारे अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। केही दिनअघि सोलुदुधकुण्ड नगरपालिका–८ केरुङ खोला किनारमा महिलाको कपडा र केही नगद समेत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सो खबर लगत्तै प्रहरी टोलीले अनुसन्धान अघि बढाएको थियो ।  
Read More

गायक भुवन थापा मगरको ‘ सानु तिमिलाई ’ बोलको गीत सार्वजनिक ( भिडियो सहित )

  चितवन । गायक भुवन थापा मगरको स्वरमा ‘ सानु तिमिलाई ’ गीतको भिडियो गायक मगरको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ । डि पी खनाल / शंकर थापा स्माईलको सब्द तथा संगीत रहेको ‘ सानु तिमिलाई ’ को संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । वैदेशिक रोजगारमा गएको प्रेमीको पर्खाइमा बसेको प्रेमिकालाई नेपाली समाजमा अन्य पुरुषले माया जालमा पार्न खोज्दा पनि आफुलाई सम्हालेको प्रेमिकाको कथा भिडियोमा देख्न पाईन्छ। अभिनयमा न्यु सागर लामा , बबिता पोख्रेल र आशिस भुजेललाई देख्न सकिन्छ । उक्त्त गीतको भिडियोमा सुबिन गोदारको छायांकन ,राकेश दाहालको सम्पादन तथा कलर , कुमार के.सी.को रेकर्डिङ्ग , अशोक महर्जनको…
Read More
अर्किडमा विज्ञान प्रदर्शनी सम्पन्न

अर्किडमा विज्ञान प्रदर्शनी सम्पन्न

भरतपुर- अर्किड मावि भरतपुरद्वारा विद्यालयको १३ औ बार्षिकोत्सब विज्ञान परियोजना कार्य एक समारोह वीच प्रदर्शन गरियो। कक्षा २ देखि ९ सम्ममा अध्ययनरत विद्यार्थिहरुले विभिन्न प्रदर्शनी गरेका थिए। कार्यक्रमलाई प्रतियोगितात्मक बनाउन उत्कृष्ट प्रस्तुतिलाई पुरस्कारको व्यवस्था गरिएको थियो । कार्यक्रम संयोजक एवम विज्ञान विषयका विभागीय प्रमुख निरज महतो हुनुहुन्थ्यो। कार्यक्रममा उल्लेख्य विद्यार्थि र अभिभावकको उपस्थिति रहेको थियो ।
Read More
अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

अर्किड उद्‌घोषण तारा उपाधि ग्रिनल्याण्ड स्कूललाई

भरतपुर- भरतपुर १० स्थित अर्किड माविद्वारा १३ औ वार्षिकोत्सव मा आयोजित सप्ताहव्यापी अन्तरविद्यालय प्रतियोगिताको प्रारंभिक प्रतियोगिता अन्तरगत अर्किड उद्‌घोषण तारा  २०८० को उपाधि ग्रिनल्याण्ड विद्यालयले प्राप्त गरेको छ । प्रतियोगीतामा द्धितीय उपाधि लिटिल फ्लावर नारायणगढ, तृतीय उपाधि स्काइराइडर स्कुल रत्ननगर र सान्त्वना उपाधि सनराइज मावि भरतपुरले प्राप्त गरेका छन् । प्रतियोगितामा विजयी सबैलाइ पदक र ट्रफी संगै सहभागिलाई प्रमाणपत्र विद्यालयका कार्यकारी निर्देशकले आकाश पौडेलले प्रदान गर्नुभयो। कार्यक्रममा उज्यालो नेपाल मिडियाका अध्यक्ष निराजन घिमिरे र रेडियोकर्मी एवम अधिवक्ता तारा न्यौपाने निर्णायक हुनुहुन्थ्यो । कार्यक्रमलाइ उपासना कंडेल र प्रेजिया कार्कीले सहजीकरण गरेका थिए। उक्त अवसरमा अर्किड उद्‌घोषण तारा अर्किड माविको मौलिक कार्यक्रम…
Read More
इन्टरपोलले जारी गर्‍यो अमला रोकाविरुद्ध पक्राउ नोटिस

इन्टरपोलले जारी गर्‍यो अमला रोकाविरुद्ध पक्राउ नोटिस

काठमाडौं - सुन तस्करी प्रकरणमा फरार रहेकी अमला रोकाविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय सन्जाल इन्टर पोलले नोटिस जारी गरेको छ । ६१ केजी सुन तस्करी प्रकरणमा फरार उनीलाई नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । उनी यो प्रकरणमा पक्राउ परेका दावा छिरिङकी श्रीमती हुन् । बेल्जियम नागरिक छिरिङ ठमेलस्थित होटल भियनाका सन्चालक हुन् । भन्सार पास भइसकेको ब्रेक सुमा लुकाएर ल्याएको अवस्थामा राजस्व अनुसन्धान विभागले उक्त परिमाणको सुन बरामद गरेको थियो ।
Read More
हिसान कप माघ २५ देखि , उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

हिसान कप माघ २५ देखि , उद्घाटन खेलमा एपेक्स र अर्किड भिड्ने

भरतपुर । चितवनमा माघ २५ गतेदेखि सुरु हुने अन्तर कलेज हिसान कप नाइन ए साइड फुटबलको खेल तालिका सार्वजनिक भएको छ । आज (मंगलबार) वाल्मिकी शिक्षा सदनमा आयोजित पत्रकार सम्मेलनमार्फत खेल तालिका सार्वजनिक गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) चितवनको आयोजनामा फागुन २ गतेसम्म चल्ने प्रतियोगितामा १४ टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सार्वजनिक तालिका अनुसार हरेक दिन दुई खेल हुनेछ । २५ गते उद्घाटन खेलमा एपेक्स कलेज र अर्किड स्कुल भिड्नेछन् । उक्त खेल दिउँसो २ बजे सुरु हुनेछ । यस्तै सोही दिन ३ बजे वाल्मिकी शिक्षा सदन र गुरुकुल कलेज…
Read More
केन्द्रीय सदस्य बुढाथोकीको निधन- ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित

केन्द्रीय सदस्य बुढाथोकीको निधन- ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनका कारण ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ । पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।     पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको महामन्त्री गगन कुमार थापाले जानकारी दिए । संवादयात्राको क्रममा नवलपरासीको प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा पुगेका थापाले आज बिहान आयोजित कार्यक्रममा सो जानकारी गराएका हुन् । महामन्त्री थापाले माघ १३ गतेदेखि झापाबाट संवाद यात्रा सुरु गरेका थिए । समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको थियो । त्यसका…
Read More
कुन्ठा (यौन कथा)

कुन्ठा (यौन कथा)

मेरो श्रीमान स्वर्गवास हुनुभएको बर्ष दिन मात्र भएको थियो ।बालबच्चा भएका थिएनन् ।हुन पनि कसरी ?उबेला मेरो उमेर पनि सानै थियोे।" श्रीमान बितेका बर्ष दिन सम्म माइती जाने अनुमति थिएन।बर्षदिनको काम सकेर बल्ल माइती गए।म कति दु:खी थिए त्यसको त लेखाजोखा गरि साध्य नै थिएन ।तर त्यो भन्दा बढ्ता त मेरी आमा दुःखी हुनुभएको रहेछ।मलाई देख्तै आमा अंगालो हालेर रून थाल्नुभयो।भन्दै हुनुहुन्थ्यो -" यस्तो पाहाड जस्तो जीवन कसरी बिताउछेस्?" उता पिढीमा झोक्राएर बसेका मेरा बाका आँखा रसिला थिए ।म नबोलि बा र आमालाई हेरीरहें। मेरी साथी कमला श्रीमान संग हातेमालो गरेर माइत आउथि।कहिले कता कहिले कता घुमेका र स्वादिला परिकार…
Read More
चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

चितवन सेवा समाजको वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

चितवन- चितवनको चिसो मौसमसंगै चितवन सेवा समाजले आपसि सद्भाव बढाउँदै वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । चितवनेहरुको साझा र छाता संस्था चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालले गत शनिवार रमाईलो वनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको हो । चितवन सेवा समाज अन्तर्राष्ट्रीय समन्वय समिति नेपालका केन्द्रीय अध्यक्ष दिपक गौतमले आफ्नो लेख रचना वाचन गरी कार्यक्रम सुरु गरिएको थियो । बनभोज कार्यक्रमका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष लालबहादुर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न राष्ट्रबाट आउनु भएका संस्थाका पदाधिकारीहरु लगायत उपस्थितिलाई धन्यवाद तथा स्वागत गर्नु भयो । महासचिव बालकृष्ण पौडेलले संञ्चालन गर्नु भएको उक्त कार्यक्रममा अध्यक्ष दीपक गौतम, संरक्षक…
Read More
पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं- मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। राति पनि सामान्य बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। यस्तै, केही उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको छ। काठमाडौं उपत्यकामा बिहानैदेखि कुहिरो लागेको छ। जाडोका अधिकांश दिन बिहानदेखि नै सफा देखिने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.