आज मितिः २०८३ आश्विन ७ गते

ताजा अपडेट

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको अध्यक्षमा लाल भट्ट

चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको नयाँ कार्य समितिको अध्यक्षमा लाल भट्ट

चितवन- चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको अध्यक्षमा लाल भट्ट सर्वसम्मत निर्वाचित हुनुभएको छ । संस्थाको छैठौं विश्व सम्मेलन तथा बाह्रौं साधारण सभाले २०८२–८४ कार्यकालका लागि भट्टको अध्यक्षतामा ११ जना नयाँ कार्यसमिति चयन गरेको हो। नव–निर्वाचित कार्यसमितिमा इश्वर राज अधिकारी तथा सीता अधिकारी उपाध्यक्ष, मित्रलाल पाण्डे महासचिव, अर्जुन अधिकारी सचिव र राम बहादुर भट्टराई कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभयो।   कार्यसमिति सदस्यहरूमा अन्जु ढकाल, लिला पौडेल न्यौपाने, लक्ष्मण पौडेल, काशीराम कँडेल र मोहन खड्का रहनुभएको छ। यस्तै उप–समितिहरूमा महानगर संयोजकम इन्दिरा पौडेल मरहठ्ठा , रवीलाल भट्टलाई मिडिया को–अर्डिनेटर तथा विजय अर्याल लेखा समिति संयोजक चुनिएका छन्। निवर्तमान अध्यक्ष दीपक गौतम “लंकूखोले”…
Read More
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्नु प्रधानमन्त्री कार्की

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्नु प्रधानमन्त्री कार्की

काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन्।     प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन्।   उनले भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ। अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ।’   प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी छन्।…
Read More
दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज

दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज

यूएई । दोस्रो धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकमा जोयलूकस एक्सचेन्ज यूएई रहने भएको छ ।   धरान हेल्पिङ ह्याण्ड्स तथा धरान युनाइटेड क्लबको संयुक्त आयोजनामा र यूएई नेपाली फुटबल संघको संयोजनामा हरेक वर्ष आयोजना हुने धरान हेल्पिङ ह्याण्ड्स कपको मुख्य प्रायोजकका रूपमा जोयलूकस रहने भएको हो।   संस्थाका अध्यक्ष ईश्वर श्रेष्ठ र जोयलूकसका जनरल म्यानेजर मरिश कर्णबीच आज सम्झौता भएको हो।   यूएईमा हुने सबैभन्दा प्रतिष्ठित नेपाली फुटबल प्रतियोगितामध्ये जोयलूकस धरान हेल्पिङ ह्याण्ड्स कप -२०२५ आगामी नोभेम्बर २९, २०२५ (शनिबार) दुल्स्को भिलेज दुबईमा आयोजना हुने भएको छ।   करीब १८ नेपाली क्लबहरूबीच हुने यो प्रतियोगिता यूएईमा रहेका नेपाली समुदायबीचका…
Read More
खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

खैरहनीका रामेश्वरको दुवै मृगौला फेल, आर्थिक सहयोगका लागि अपिल

२० कार्तिक, खैरहनी – खैरहनी नगरपालिका वडा नं. ४, मेलमिलाप टोल, चैनपुर बस्ने ४१ वर्षीय रामेश्वर परियार विगत पाँच वर्षदेखि दुवै मृगौलाको समस्या भएपछि उपचाररत छन्। आफूसँग भएको पैसाले दुई वर्ष डाइलासिस गर्न सकेपनि त्यसपछि निरन्तर तीन वर्ष हप्तामा तीन पटक सरसापटमा डाइलासिस गर्नुपरेको उनी बताउँछन्। रामेश्वरसँग दुई सानै छोराछोरी छन् , छोरी कक्षा १ र एक छोरा कक्षा ४ मा अध्ययनरत भएकोले परिवारको भविष्यसँगै आफ्नो जीवन बचाउन उनले आर्थिक सहयोगको अपिल गरेका छन्। पाँच वर्षदेखि मृगौला पिडित भएर उपचार गरिरहे पनि स्थानीय निकायले बेवास्ता गरेको, कागजपत्रका लागि नगरपालिकाको कार्यालय गएका बेला स्थानिय प्रमुखसँग माग राख्दा सरकार प्रमुखले बेवास्ता गरेको…
Read More
पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

पहाडी भेगमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं- हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ। महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Read More
स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ

स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं- तारकेश्वर नगरपालिका–११ बाट स्वचालित हतियार र पेस्तोलसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलालीको टिकापुर–१ का शिवराज धमला छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो। उनी पठाओ राइडर पनि रहेको खुलेको प्रहरीले बताएको छ। उनीबाट प्रहरीले स्वचालित इन्सास हतियार, सर्टगन र पेस्तोल बरामद भएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए। उक्त हतियारहरू २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षाकर्मीबाट लुटिएको बताइएको छ। जेनजी आन्दोलनको बेला प्रहरीका मात्रै १ हजार २७१ हतियार आन्दोलनकारहरूले लुटेका थिए। ५ सय भन्दा बढी हतियार अझै बेपत्ता छन्।
Read More
अझै केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात

अझै केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात

काठमाडौं- हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।   आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ।   आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
Read More
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ - नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर दुई लाख ३८ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।       सोमबार सुनको मूल्य दुई लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।   यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ४५ रुपैयाँले घटेर तोलामा तीन हजार १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी तीन हजार ६० रुपैयाँ कारोबार भएको थियो ।  
Read More
बन्छु म समुन्द्र – कविता

बन्छु म समुन्द्र – कविता

कविता -   बन्छु म समुन्द्र   आहा ! स्वच्छ गगनको क्षितिजमा सूर्योदयको निस्वार्थ आगमन गर्दै छु स्वागत नियाल्दै छु यो शान्त समुन्द्रको अपार गहिंराई !   उन्माद छन शरिरका यि शिरा र धमनीहरू हर्षोल्लासका झण्डा फहराई !   फिँजाई केशका लहरा प्रफूल्ल मन , स्वर्गको आभाष शितलताको अनुभूति मन्द हावाको वेगमा स्पर्ष गर्दै लठ्ठिएछु म यतै कतै माझ !   टक्क उभिएर किनारमा हुन्छु एकाग्र जव भुल्छु विगतका तिता पलहरू सबैसबै र एउटा सार्थक उज्यालो भविष्यको कामना संगसंगै जिउन एथार्थमा खोज्दै छु म सिँगो आँट !   अनन्त अमर ईतिहासको बोकेर परिचय दिघो दृढ ,शाहस अठोट आत्मा सम्मान स्वालम्बी…
Read More
आज बेलुकासम्म प्राय सबै प्रदेशमा हल्का वर्षा 

आज बेलुकासम्म प्राय सबै प्रदेशमा हल्का वर्षा 

काठमाडौँ - आज दिउँसो बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी र मधेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।       आज कोशी, बागमती गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मध्यम हिमपात र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।      
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.