आज मितिः २०८३ बैशाख २० गते

ताजा अपडेट

आज हरितालिका तीज पर्व, महादेवको पूजाआराधना गरी मनाइँदै

आज हरितालिका तीज पर्व, महादेवको पूजाआराधना गरी मनाइँदै

  काठमाडौं- आज हरितालिका तीज पर्व। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका ९तीज० पर्व देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।     भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन्। पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य र सदासर्वदा भरिभराऊ, कोखका लागि भगवान् स्वयं धर्तीमा झर्छन् जस्तो भान हुने मान्यता छ।   हिजोको दरको भरमा आज आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ। पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ। आजको दिनमा शिव मन्दिर र…
Read More
हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज आज मनाइँदै

हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज आज मनाइँदै

काठमाडौं- नेपाली हिन्दु नारीहरुले मनाउने महान चाड हरितालिका तीज आज मनाइँदै छ । यसको को अघिल्लो दिन आज दर खाने चलन छ।   भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि महिलाहरुले दर खाने परम्परा छ।   दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ। दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ। तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको रहेको पाइन्छ।   परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र…
Read More
आज प्रदेशका केही स्थानहरूमा भारी बर्षा र हावाहुरीको पनि सम्भावना

आज प्रदेशका केही स्थानहरूमा भारी बर्षा र हावाहुरीको पनि सम्भावना

काठमाडौं-   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुको साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जनाएको छ।   महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भागका धेरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरू र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।   महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा हावाहुरीको पनि सम्भावना रहेको छ।   यस्तै, आज…
Read More
सडकको सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुल्यो 

सडकको सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुल्यो 

रौतहट - रौतहटको गौर नगरपालिका–९ मुडवलव सडकमा सुट्केसमा फेला परेकी महिलाको शवको पहिचान खुलेको छ।   माधवनारायण नगरपालिका–६ माधोपुर माइत भई हाल गौर नगरपालिका–२ महादेवपट्टीमा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुबिकुमारी साह सुडिको शव रहेको प्रहरीले जानकारी दिएको छ।   सुटकेसभित्र मृत फेला परेकी महिला भारतको मुज्जफरपुर जिल्ला रक्साटोलका शिवसागर साहको श्रीमती रहेको पुष्टि भएको रौतहटका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजु कार्कीले बताए।   उनका अनुसार ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी रुबिकुमारी बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।   आजभन्दा २० वर्षअघि देखि नै शिवसागर माधोपुर गाउँ छाडेर स–परिवार…
Read More
चितवनका अधिकांस क्लिनिकहरुमा डाक्टर होइनन् तर डाक्टर बनेर उपचार गर्छन्

चितवनका अधिकांस क्लिनिकहरुमा डाक्टर होइनन् तर डाक्टर बनेर उपचार गर्छन्

  चितवन- मेडिकल हबको रुपमा परिचित चितवनका अधिकांस क्लिनिकहरुमा नक्कली डाक्टर बनेर उपचार गरेको पाइन्छ । सरकारी अस्पतालमा लाइन लाग्नु पर्ने झन्झटले प्राय क्लिनिकहरुमा पनि भीड लाग्ने गरेको पाइन्छ । यस्तै चितवनस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा एक डेण्टल क्लिनिक बन्द गराइएको छ। नेपाल मेडिकल काउन्सिलले हेल्दी स्माइल डेण्टल केयर सेन्टरमा अनुगमन गर्दा दर्ता नभएको पाइएपछि बन्द गराएको हो।         नेपाल चिकित्सक सङ्घका केन्द्रीय अध्यक्ष तथा काउन्सिलका सदस्य डा। अनिलविक्रम कार्कीका अनुसार विषम चौधरीले सञ्चालन गरेको डेण्टल क्लिनिक कुनै पनि निकायमा दर्ता भएको पाइएन। अनुगमनका क्रममा उक्त क्लिनिकमा कोही चिकित्सक नभेटिएको कार्कीले जानकारी दिए।…
Read More
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

  काठमाडौं- मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर भएका कल बहादुर बस्नेत पक्राउ परेका छन् । एनसिबि आबुधाबी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्नेरगराउने प्रयोजनार्थ सोमबार नेपाल फिर्ता ल्याइएको छ ।   उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ पुस ११ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।   उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि मानव बेचबिखन ब्यूरो पठाइएको छ । श्रोत - नेपाल…
Read More
सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या

सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या

बागलुङ- जिल्लाको सबैभन्दा विकट मानिने निसेलढोरमा बर्खामा सडक सञ्चालन नहुँदा खाद्यान्न ढुवानीमा समस्या भएको छ। जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङबाट सात वर्ष अगाडि सडक सञ्जालले जोडिए पनि बर्खाको समय गाडी नचल्दा ढुवानी र यात्रा गर्न समस्या भएको हो। एक दशक अगाडिसम्म निसेलढोरमा बर्खामा मात्र निसीबाट बस्तुभाउ लिएर स्थानीय बसोबास गर्ने गर्थे भने अहिले बाह्रै महिना स्थायी रूपमा बस्नेको सङ्ख्या बढेको छ।   अहिले बर्खामा तीन सय र हिउँदमा झन्डै एक सय ५० घरपरिवार निसेलढोरमा बसोबास गर्ने गर्छन्। आर्थिक वर्ष २०७६/७७ मा ढोरपाटनबाट मोटरबाटोले निसेलढोर जोडिएको थियो। निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोर पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको भए पनि अप्ठ्यारो सडकका…
Read More
टी-२० मा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

टी-२० मा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा

काठमाडौं- अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ।   शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो। खेल नेपाली समयअनुसार अपराह्न ३:१५ बजे प्रारम्भ हुनेछ।   शृङ्खला सहभागी ११ टोलीमध्ये अंक तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
Read More
मितेरी सहकारी ठगी : २०२ पृष्ठको अभियोगपत्रमा १३५ पटक धनराज गुरुङ, तर छैन प्रतिवादीको सूचीमा नाम

मितेरी सहकारी ठगी : २०२ पृष्ठको अभियोगपत्रमा १३५ पटक धनराज गुरुङ, तर छैन प्रतिवादीको सूचीमा नाम

काठमाडौं - ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ ठगी प्रकरणमा सरकारी वकिलको कार्यालयले दायर गरेको २०२ पृष्ठ लामो अभियोगपत्रमा १ सय ३५ ठाउँमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको नाम छ। तर, प्रतिवादीहरूको सूचीमा उनको भेटिँदैन।   सहकारीका सञ्चालक, बुझिलिएका ब्यक्ती र धनराजले सहकारीबाट गरेको कारोबार गरेकोबारे अभियोग पत्रमा जे जति विवरण छन् त्यसले धनराज प्रतिवादी बन्न नपर्नुको कारण उनी सत्ताधारी दल नेपाली कांग्रेसका सांसद तथा पार्टी सभापति बाहेक अन्य देखिंदैन।       अभियोगपत्रभरी सहकारीको रकम ज्योतीले अपचलन गरेको खुलेसँगै सामूहिक छलफलमा बसेर रकम तिर्ने वाचा गर्नेदेखि लिएर अनधिकृत रुपमा अर्काको मुद्दती खाताबाट लिएको रकम ठगीको पोल खुलेपछिको…
Read More
नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा  दुबई

नेपाली राजदुतावास युएईले आयोजना गरेको निस्शुल्क स्वास्थ्य शिविरमा सय बढीले लिए सुविधा दुबई

दुबई- नेपाली राजदुतावास युएईले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सय भन्दा बढीले सेवा लिएका छन् । युएईमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरूको लागि नेपाली राजदूतावास, अबुधाबीले भदौ २ गते एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त शिविरमा सेवाग्राहीलाई एल एल एच अस्पताल आबु धाबीबाट आउनु भएका डाक्टर तथा नर्सहरुसहितको स्वास्थ्यकर्मीहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।   स्वास्थ्य परीक्षणका अवसरमा, सुगर, प्रेसर, दाँत को चेक जाँच तथा फिजिसियनद्वारा कन्सुलेसन् उपलब्ध गराइएको थियो। स्वास्थ्य परीक्षणसँगै स्वास्थ्यकर्मीहरूले शारिरीक तथा मानसिक समस्या र समाधानका विषयमा जानकारी गराउनु भएको थियो।   उक्त कार्य्रममा काउन्सेलर तथा उपनियोग प्रमुख रन्जिता दाहालले श्रम, राहदानी तथा कन्सुलरसँग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.