पुर्वी चितवनमा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि समन्वयात्मक छलफल
चितवन - पुर्वी चितवनको राप्ति नगरपालिकामा मानव बेचबिखन तथा ओसारपोसार न्यूनीकरण सम्बन्धि राप्ती नगरपालिका भित्रका सरोकारवाला र विद्यालयहरु बिच समन्वयात्मक छलफल गरिएको छ। थ्रि एन्जल्स नेपाल,चितवन शाखाको आयोजनामा भएको सो कार्यक्रममा राप्ती नगरपालिका र मनहरी गाउँपालिका भित्रका जनप्रतिनिधि,सामुदायिक विद्यालयका प्रधानाध्यापक,स्थानिय संघ संस्थाका प्रतिनिधिहरुबिच छलफल भएको हो। बागमती प्रदेश सभा सदस्य जेएन थपलिया प्रमुख अतिथी रहेका सो कार्यक्रममा थ्रि एन्जल्स नेपालका एसईओ विवेक ढकालको अध्यक्षता रहेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी थपलियाले मानव बेचबिखन तथा ओसार पोसार जस्तो जघन्य अपराध जरै देखि निर्मुल पार्न गाउँ,टोल,समाज,स्थानिय तह र सिंगो राज्य नै एक भएर लाग्नुपर्ने बताउनुभयो। गत शनिवार राप्ती(२,…