आज मितिः २०८२ माघ १८ गते

रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन

चितवन –

अरुण संचार सहकारी संस्था लि.द्वारा संन्चालित रेडियो अर्पण १०४.५ मेगाहर्जको अध्यक्षमा यमन भुषाल चयन भएका छन् ।

चौथों अधिवेशनबाट ९ जनाको कार्यसमिति र ३ जनाको लेखा समिति निर्विरोध रुपम चयन भएको निर्वाचन संयोजक मेघनाथ पौडेलले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा मोहदत्त पौडेल (सुरज), सचिवमा शिवराज दुवाडी (माधव), कोषाध्यक्षमा धुर्वराज लामिछाने र सदस्यमा क्रमशः महेश पाण्डे, शुरेष भुषाल, रमाकान्त पौडेल, दुर्गा प्रसाद घिमिरे र बिष्णु हरि आचार्य निर्विरोध रुपमा चयन भएका हुन् ।

त्यस्तै लेखा समिति संयोजकमा रामचन्द्र देवकोटा सदस्यमा क्रमशः बिष्णु श्रेष्ठ र डिल्लिराम रखाल सर्वसम्मत रुपमा चयन भएका छन् ।

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.