दुबईमा महालक्ष्मी बचत तथा सहकारीको १० अगस्टमा तीज धमाका हुने
दुबई- नेपाली महिलाहरुको महान पर्ब तीजको अवसरमा दुवईको बरदुबईमा तीज धमाका २०२५ हुने भएको छ । यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने भएको हो । कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने कार्यक्रमका संयोजक ईन्द्रमणि बेलबासेले जानकारी दिनु भयो । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने पनि संयोजक बेलबासेले बताउनु भयो । स्थानीय गायक बाबुराम परियारले आफ्नो एल्वम अन्तिम पल्ट भेट्न मन लाछ, छिन छिन चुराको, राम्रोसग मनाउ दशैलाइबाट गीतहरु प्रस्तुत गर्ने कार्यक्रमका…