आज मितिः २०८३ बैशाख ५ गते

इजरायल र इरानमा रहेका नेपालीहरुलाई पराराष्ट्र मन्त्रालय र दूतावासद्वारा सुरक्षा सतर्कता अपनाउन आग्रह

काठमाण्डौं-

इरानसँगको युद्धका बिच इजरायली डिफेन्स फोर्सेसले जारी गरेको विज्ञप्तिमा जनतालाई सार्वजनिक स्थलमा जानबाट जोगिन, भिडभाडयुक्त ठाउँहरूबाट टाढा रहन र कुनै चेतावनी प्राप्त भएमा सुरक्षित स्थानमा जान तथा आधिकारिक नयाँ जानकारी नआएसम्म त्यहाँ नै बस्न आग्रह गरिएको छ ।

इजरायलको राष्ट्रिय आपत्कालीन सेवाका अनुसार इरानी आक्रमणमा कम्तीमा १० जनाको ज्यान गएको छ र सयभन्दा बढी घाइते भएका छन् ।

आइडिएफ र राष्ट्रिय आपत्कालीन सेवाले जारी गरेका सूचनाले इजरायलका सहरहरूको पछिल्लो भयानक अवस्था देखाउँछ । तीन दिनदेखि जारी युद्धमा इरानले इजरायलको राजधानी जेरुसेलम, तेलअभिभ, हाइफासहित मुख्य रणनीतिक केन्द्रमा मिसाइल आक्रमण केन्द्रित गरेको छ । इजरायली हमलामा इरानले पनि ठुलो क्षति व्यहोरेको छ । यस्तोमा इजरायल र इरानमा रहेका साढे पाँच हजार नेपालीको अवस्था कस्तो छ रु

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको बताए । ‘इजरायलमा करिब ५५ सय र इरानमा एक दर्जन जति नेपाली हुनुहुन्छ । उहाँहरू हालसम्म सुरक्षित हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।उनका अनुसार परराष्ट्र मन्त्रालय दोहास्थित नेपाली राजदूतावास इरानमा रहेका नेपालीहरूसँग र तेलअभिभस्थित नेपाली राजदूतावास इजरायलमा रहेका नेपालीहरूसँग निकट सम्पर्कमा छ । त्यहाँ रहेका सबै नेपालीलाई सतर्कता अपनाउन भनिएको छ ।

‘इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न हामीले त्यहाँका नेपालीहरूलाई भनेका छौँ । यसैगरी, तेहरानमा पनि नेपालीहरूलाई सुरक्षित रहन भनेका छौँ,’ उनले भने, ‘केही समस्या परेमा सम्बन्धित दूतावासमा सम्पर्क राख्न पनि आग्रह गरिएको छ । परिस्थितिलाई नजिकबाट नियालिरहेका छौँ ।’

इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले युद्धमा नेपालीहरूलाई कुनै क्षति नभएको र सुरक्षित रहेको जनाएको छ । दूतावासका उपप्रमुख कुमारबहादुर श्रेष्ठले इजरायलमा रहेका नेपालीसँग नियमित सम्पर्कमा रहेको बताए ।जेरुसेलम र तेलअभिभमा रहेको अस्पतालमा नेपालबाट केयर गिभरअन्तर्गत नर्सिङ तथा घरेलु कामदारका रूपमा धेरै महिला कार्यरत रहेका छन् ।

सो क्षेत्रका घर, भवन तथा अस्पतालमा बलियो बंकर बनाएका कारण मानवीय क्षति धेरै नहुँदा नेपाली पनि सुरक्षित रहेको गैरआवासीय नेपाली संघ, इजरायलका अध्यक्ष कृष्ण भण्डारीले बताए । ‘राजधानीलगायत आसपासका सहरहरूमा नेपाली महिला केयर गिभरका रूपमा कार्यरत छन् । यहाँ अस्पताल धेरै छन् र धनाढ्यको बसोबास पनि छ,’ उनले भने, ‘तर, अहिलेसम्म कोही नेपाली खतरामा परेका छैनन् । सबै सुरक्षित छौँ ।’ उनका अनुसार इजरायल नियन्त्रित गाजा क्षेत्रमा समेत केही नेपाली कार्यरत छन् ।

 

By रवि भट्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.