दुबई-
नेपाली महिलाहरुको महान पर्ब तीजको अवसरमा दुवईको बरदुबईमा तीज धमाका २०२५ हुने भएको छ । यहि आउँदो अगष्ट १० तारिख बर दुबईको ग्रयाण्ड एम्बास्डर होटलमा धमाका हुने भएको हो ।


कार्यक्रममा नेपालबाट चर्चित कलाकारहरुको साथै स्थानीय कलाकारहरुको बेजोड प्रतुती रहने छ । कार्यक्रममा लोक दोहारी क्षेत्रकी चर्चित गायिका टिका सानुको प्रस्तुति रहने कार्यक्रमका संयोजक ईन्द्रमणि बेलबासेले जानकारी दिनु भयो । अर्का गायक तथा हाँस्यव्यंग्य कलाकार पुरुषेत्तम भण्डारी वा पुर्खे बाको धमाका हुने पनि संयोजक बेलबासेले बताउनु भयो ।

स्थानीय गायक बाबुराम परियारले आफ्नो एल्वम अन्तिम पल्ट भेट्न मन लाछ, छिन छिन चुराको, राम्रोसग मनाउ दशैलाइबाट गीतहरु प्रस्तुत गर्ने कार्यक्रमका सह-संयोजक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रममा सरु कोईराला र मिना भण्डारीको बेजोड नृत्य रहने सह-संयोजक श्रेष्ठले वताउनु भयो ।
कार्यक्रमलाई प्रचार प्रसार विभागका रमेश विसीले संञ्चालन गर्नेछन् । कार्यक्रममा प्रबेश शुल्क ३५ दिराम राखिएको छ । विहान १२ बजेदेखि बेलुकी साढे छ बजेसम्म कार्यक्रम संञ्चालन हुनेछ ।
कार्यक्रममा आर्थिक समिति संयोजकमा दिनेश गौतम, प्रचार प्रसार संयोजकमा गणेश राना तथा सीमा रेग्मी, स्वयं सेवक संयोजकमा नारायण बन्जाडे लागायत हुनुहुन्छ ।
कार्यक्रमको अफिसियल मिडिया उद्धार न्यूज डटकम रहेको छ भने यसको फेसबुक पेज उद्धार मिडियाले प्रतक्ष्य प्रसारण गर्नेछ ।